onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बिश्व का धेरै चर्चित लिग खेलेपछी सन्दिप को पालो अब पाकिस्तानी लिग तर्फ : ड्राफ्ट मा पर्न सफल

असोज १८ ,अनलाईन खेलखबर || फेब्रुअरी २२ देखि मार्च २५ सम्म हुने पाकिस्तान सुपर लिग ( पिएसएल ) का लागि नेपाल का युवा खेलाडी सन्दिप लामिछाने ड्राफ्ट मा परेका छ्न ।

यसअघि को बर्ष मा पनि सन्दिप डाफ्ट मा परेका भए पनि उनलाई अक्सन मार्फत कुनै टिम ले लिएका थिएनन । जब ईन्डियन प्रिमियर लिग मा दिल्ली मा आबद्ध भए सन्दिप को क्रेज क्रमश बिश्वभर बढदै गएको छ ।

बिश्वका चर्चित खेलाडी सहित ५०० जना खेलाडी ड्राफ्टमा रहेको बताईएको छ । यसको बारेमा नेपालि र्राष्ट्रिय टोलिका ब्यबस्थापक रमन सिवाकोटी ले खुलसा गरेका हुन । यसको आधिकारिक आयोजक बाट घोषणा हुन भने बाकी नै रहेको छ ।

अहिले आईपिएल मा छनोट भएर उत्कृष्ट प्रदशन गरेपछी बिश्वको ध्यान सन्दिप मै गएको देखिन्छ । यसपछि उनी क्रमश विभिन्न लिग मा अनुबन्धित हुने क्रम जारी छ । आईपिएल पछि उनी क्यारेबियन प्रिमियर लिग( सिपिएल ) क्यानडा मा भएको ग्लोबल टि-२० लिग पनि खेले । भखरै पनि उनी अफगानिस्तान प्रिमियर लिग मा १५ हजार डलर मा अनुबन्धित भएका छ्न ।

हाल सन्दिप बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता को लागि नेपाली टोलि सगैँ मलेसिया मा रहेका छ्न ।

प्रतिक्रिया दिनुहोस्