onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

डिफेन्डिङ च्याम्पियन नेपाल बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप को पहिलो खेल मै पराजित

असोज १५ ,अनलाईन खेलखबर || बङ्लादेश को प्रतिष्ठित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको पहिलो खेलमै नेपाल पराजित भएको छ ।

डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपाल मंगलबार भएको समूह चरणको पहिलो खेलमा नेपाल ताजकिस्तान संग २ – ० ले पराजित भएको हो ।

ताजकिस्तान लाई जित दिलाउन फाक्त उलोइथ फतकुल्लो र तुरुनोभ कोम्रोनले १/१ गोल गरे ।

सिल्हेटस्थित जिल्ला स्टेडियममा भएको खेलको २७ औं मिनेटमा नेपाल का अनन्त तामाङले फल गरेपछि पाएको पेनाल्टीमा ताजकिस्तानका उलोइथले गोल गर्दै १ – ० को अग्रता दिलाएका थिए ।

पहिलो हाफ १-० को अन्तर ले सकिएको खेल को दोस्रो हाफमा ताजकिस्तानले थप १ गोल गर्यो ।

खेलको ७२ औं मिनेटमा ताजकिस्तान का कोम्रोनले गोल गर्दै ताजकिस्तानलाई २ – ० को जित दिलाउँन सफल भए ।

अब नेपाल ले आउदो सनिवार प्यालेस्टाइन संग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्