onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लगातार दुई खेल मा पराजित भएपछि नेपाल युथ एसिया कप को समूह चरण बाटै बाहिरियो

असोज १५ ,अनलाईन खेलखबर || बङ्लादेश मा जारी अन्डर नाईन्टिन एसिया कप को समूह चरण को आफ्नो दोस्रो खेल मा नेपाल अफगानिस्तान सगँ ३ बिकेट ले पराजित भएको छ ।

फोटो : एसिसि

लगातार दोस्रो हार सगैँ नेपाल प्रतियोगिता को नेपाल समूह चरण बाटै बाहिरिएको छ । नेपाल लाई प्रतियोगिता को सेमिफाइनल पुग्न आज को खेल जित्नै पर्ने दबाब थियो । यसअघि पहिलो खेल म नेपाल भारत सगँ बिशाल अन्तर ले पराजित हुन पुगेको थियो ।

१ सय ३२ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफि ब्याटिङ गरेको अफगानिस्तान ले पनि संतोषजनक ब्याटिङ चाहिँ गरेन यसका बाबुजित अफगानिस्तान ले नेपाल ले दिएको बिजयी लक्ष्य ३७.३ ओवर मा ७ बिकेट गुमाएर भेटायो । अफगानिस्तान का लागि कप्तान रमनउल्ला गुर्बाज ले सर्बाधिक २६ रन बनाए , अजम्तुल्ला र आरिफ खान ले समान २३/२३ रन को पारी खेले ।

लक्ष्य कम भएको हुँदा नेपाल का बलर हरु को मेहनत खेर गयो । नेपाल का लागि सुर्य तामाङ ले सर्बाधिक ४ बिकेट लिए यस्तै रासिद खान , पवन सराफ र सागर ढका ल ले १/१ बिकेट लिए ।

यसअघि बगलादेश स्थित कृरा शिक्खा प्रोतिस्थान नम्बर ३ क्रिकेट मैदान मा नेपाल ले पहिले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । जसअनुरुप नेपाल ले सुरुमा ब्याटिङ त गर्यो तर ब्याटिङ निकै कमजोर देखियो ।

अफगानिस्तान का बलर सामु पुरै निरीह साबित भए नेपाल का ब्याट्सम्यान हरु जसको फलस्वरूप नेपाल ३८.३ ओवर मा अलआउट हुदै मात्र १ सय ३१ रन मा समिटियो ।

नेपाल ले पहिलो बिकेट नेपाल को स्कोर ६ रन हुँदा ओपनर रबि शाह लाई २ रन मा गुमायो । यसपछि रित गौतम लाई ६.२ ओवर भित्र टिम को स्कोर १६ रन हुदाँ दोस्रो बिकेट् का लागि १० रन मा उन लाई गुमाएको थियो । यसपछि क्रमश सन्दिप जोरा र पवन सराफ लाई नेपाल ले सुन्य रन मा गुमायो । सुरुवात देखि नै धर्माराएको ब्याटिङ मा अन्त तिर रोहित कुमार पौडेल ले ४९ रनको पारी खेले । यस्तै कप्तान आशिफ शेख ले २० रन र रासिद खान २९ ले रन को योगदान दिए पछि ईज्जत् भने नेपाल को जोगियो ।

अफगानिस्तान का लागि बलिग मा अज्जतुल्ला ओमरजाई ले सर्वाधिक ४ बिकेट लिए । अब्दुल रहमान र कोइस अहमद ले समान २/२ बिकेट लिए भने नाबेद अहमद र मुराद ले १/१ बिकेट हात पारे ।

अब नेपाल ले समूह चरण को अन्तिम खेल मा मंगलबार युएई सगँ खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्