onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बङ्लादेश माथी अन्तिम बल मा जित निकाल्दै भारत ले चुम्यो सातौँ पटक एसिया कप को उपाधी

असोज १३ , अनलाईन खेलखबर || बङ्लादेश लाई रोमाञ्चक खेल मा सनिसनिपुर्ण ३ बिकेट ले पराजित गर्दै युएई मा सप्पन्न १४ औं एसिया को उपाधि डिफेन्डिङ च्याम्पियन भारत ले उचालेको छ ।

यो सहित भारत ले एसिया कप को १४ संस्करण सम्म आईपुग्दा सातौ पटक च्याम्पियन बनेको हो । यसअघि सन १९८४ मा भएको पहिलो संस्करण देखि १९८८ , १९९०/९१ , १९९५ , २०१० र २०१६ मा भारत ले उपाधी उचालेको थियो । भने बङ्लादेश तेस्रोपटक फाईनल पुगे पनि च्याम्पियन हुन असफल हुदै आएको छ ।

शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला मा भएको फाईनल खेल मा टस हारेर पहिले ब्याटिङ गरेको बङ्लादेश ले ४८.३ ओवर मा अलआउट हुदै २ सय २२ रन बनाएको थियो । ओपनर लोटोन दास को सतकिय १२१ पारी को मद्दत ले बङ्लादेश ले सम्मानजनक स्कोर बनाएको थियो । दासले ११७ बलको सामना गर्दै १२ चौका र २ छ्क्का प्रहार गरेका थिए ।

बङलादेश ले सुरुवात पनि राम्रो गर्दै पहिलो बिकेट का लागि ओपनर दास र मेहदी हसन बिच १२० को साझेदारी गरेको थियो । मेहदी ले ३२ रन योगदान दिए । यसपछि भने सौम्य सरकार को ३३ रन बाहेक अन्य बाकि का ब्याटसम्यान ले उल्लेख्य योगदान गर्ने असफल भए पछि मध्यम स्कोर मा बङ्लादेश रोकिन बाध्य भयो ।

बलिग तर्फ भारत का लागि कुलदिप यादबले सर्बाधिक   ३ विकेट लिए तथा केदार जाधबले २ विकेट लिदाँ जस्प्रित बुम्रा र चाहल ले समान १/१ विकेट लिन सफल भए ।

यसपछि २ सय २३ रनको बिजयी लक्ष्य लिदैँ जवाफी ब्याटिङ गर्न उत्रिएको भारत ले लक्ष्य ईनिग को अन्तिम ओवर को अन्तिम बल मा ७ बिकेट गुमाएर भेटायो , निकै रोमाञ्चक बनेको खेल मा सनिसनिपुर्ण जित भारत ले निकाल्यो ।
भारत को भने सुरुवात सुखद रहेन , टिम को ४६ रन हुँदा भारत ले आफ्नो महत्त्वपूर्ण २ बिकेट गुमाई सकेको थियो । ओपनर शिखर धवन लाई १५ रन मा पहिलो बिकेट को रुपमा गुमाएको थियो । यसपछि लगत्तै दोस्रो बिकेट का रुपमा अर्का भरपर्दा खेलाडी अमबैतु रायुडु लाई सस्तै मा २ रन मा गुमाएको थियो । उनी मुर्तजा को बल मा क्याच आउट हुन पुगे ।

१६.४ ओवर मा ८३ स्कोर हुदाँ रोहित लाई गुमाएपछि भारत को रनरेट कम हुदै गयो । बङ्लादेश का बलर हरु को कसिलो बलिग मा दिनेश कार्तिक ३७ रन र महेंद्र सिंह धोनी ३६ रन बनाए । यी दुई बिच चौथो बिकेट का लागि ५४ रनको साझेदारी बनेको थियो ।

यसपछि ३७ औ ओवर मा धोनी आउट र लगत्तै अर्को ओवर मा केदार जाधव रिटायर्ड हर्ट का कारण भारत लाई ठूलो झटका लाग्यो ।

यहाँ पछि रविंद्र जडेजा र भुवनेश्वर कुमार ले इनिग लाई अगाडि बढाए । जेडेजा ले २३ रन र भुवनेश्वर कुमार २१ रन बनाउदै टिमलाई २ सय १० रन सम्म पुर्याए । खेल मा रोमाञ्चक थप्ने क्रममा ४७.२ ओवर मा जडेजा र लगत्तै अर्को ओवर मा भुवनेश्वर कुमार आउट भए पछि बङ्लादेश का बलर ले खेल लाई आफ्नो तर्फ लिएका थिए ।

अन्तिम ओवर मा भारत लाई जित हासिल गर्न ६ रन आबस्यक थियो । केदार जाधव ले ईनिग को अन्तिम बल मा टिम लाई जित दिलाए केदार जाधव २३ रन कुलदीप यादव ५ रन ना अबिजित रहे ।

बलिग तर्फ बङ्लादेश का लागि मुस्तफ़िज़ुर रहमान र रुबेल हुसेन ले समान २/२ बिकेट लिए भने मशरफे मुर्तजा , नजमुल इस्लाम र महमुदुल्लाह ले समान १/१ बिकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्