onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

साफ यू-१८ महिला च्याम्पियनसिप : नेपाल को बिजयी सुरुवात : पाकिस्तान १२-० ले पराजित

असोज १२ , अनलाईन खेलखबर || पाकिस्तान लाई १२-० को गोल अन्तर ले पराजित गर्दै भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप मा बिजयि हुँदै प्रतियोगिता को सुरुवात गरेको छ ।

शुक्रबार थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको खेलमा नेपालले पाकिस्तान माथि ठुलो १२ – ० को ठूलो अन्तर ले सानदार तरिका बाट जित हासिल गरेको हो ।

प्रतियोगिता को उपाधी उचाल्ने लक्ष्य सहित भुटान पुगेको नेपालि टोलि ले प्रतियोगिता को कमजोर मानिएको पाकिस्तान विरुद्ध गोल को वर्षा नै गर्यो , पुरै एकतर्फि भएको खेलमा नेपाल ले पहिलो हाफमा ६ र दोस्रो हाफमा पनि ६ गोल गरेको थियो ।

नेपाल ले १२ गोल गर्ने क्रम मा रेखा पौडेल एक्लैले दोहोरो ह्याट्रिकसहित ७ गोल गरेकि थिईन । यस्तै नेपाल का लागि सरु लिम्बु,  मन्जली कुमारी योन्जन, मनिषा राउत , अलिसा जाम्बा र रश्मी कुमारी घिसिङ ले १/१ गोल गर्दै पहिलो खेल मै नेपाल लाई सानदार जित दिलाए ।

यो जित सगैँ नेपाल को सेमिफाइनल पुग्ने सम्भावना बढेर गएको छ । नेपालले अब मंगलबार बङ्गलादेशको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्