onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पोखरा प्रिमियर लिग खेल्ने टिम तथा मार्की खेलाडी हरु को घोषणा

असोज ११ , अनलाईन खेलखबर || नेपाल को पर्यटकीय सहर पोखरा मा यहि आउदो कार्तिक ९ गते देखि २० गते सम्म पहिलो पटक हुन गईरहेको पोखरा प्रिमियर लिग ( पिपिएल ) को टिम , मालिक र मार्कि अर्थात रणनितिक खेलाडी हरु को घोषणा आज गरिएको छ ।

राजधानी मा पत्रकार सम्मेलन गरि आयोजक क्विन्स इभेन्टस म्यानेजमेन्ट प्राली ले प्रतियोगिता मा सहभागि जनाउने टिम को नाम , टिमका मालिक हरु त्यस्तै टिम का मुख्य रणनितिक खेलाडी हरु लाई सार्बजनिक गरेको हो ।

प्रतियोगिता मा देश का मुख्य ६ सहर को नाम मा फ्रेन्चाइज टिम बनाएको छ । जसमा हुलास काठमाडौं रोयल्स, पोखरा पल्टन, चितवन राइनोज्, बुटवल ब्लास्टर, इक्सर्ट धनगढी ब्लूज र विराटनगर टाइटेन्स रहेका छ्न ।

सहभागी जनाउने ६ टिम मा चितवन राईनोज को नेपाली र्राष्ट्रिय क्रीकेट टोलि का कप्तान पारस खड्का मार्की खेलाडी भएका छ्न । यस्तै नेपाली र्राष्ट्रिय क्रीकेट टोलि का उप -कप्तान ज्ञानेन्द्र मल्ल हुलास काठमाडौ रोयल्स को मार्की खेलाडी घोषित भएका छ्न ।यस्तै पोखरा पल्टन को सरद भेषावकर , बुटवल ब्लास्टर को सोमपाल कामी , इक्सर्ट धनगढी ब्लूज को दिपेन्द्र सिँह एरि र विराटनगर टाइटेन्स का लागि सन्दिप लामिछाने मार्की खेलाडी भएका छ्न ।

यस्तै टिम को स्वामित्व अर्थात टिम मालिक का रुपमा चितवन राईनोज मा युवा ब्यबसायी राहुल महरा को टिम रहेको छ । बिराटनगर टाइटेन्स का टिम मालिक पुर्ब क्रीकेटर तथा ब्यबसायी पारस लुतिया सहित को टिम रहेको छ । भने बुटवल ब्लाटर को रामबहादुर बिस्ट सहित को युवा ब्यबसायी को समूह रहेको छ । अर्को टिम पोखरा पल्टन को मालिक ब्यबसायी बिनायक पोखरेल सहित को टिम रहेको छ । भने धनगढि को मालिक का रुपमा एक्पर्ट एजुकेशन एन्ड भिषा सर्भिसेज का सन्जिव सर्मा रहेका छन । यस्तै राज्य लक्ष्मि गोल्छा हुलास काठमाडौ रोयल्स का मालिक रहेका छ्न ।

फोटो : सन्जिव पुरी / अनलाईन खेलखबर

अब प्रतियोगिता का लागि खेलाडी छनोट का लागि अक्सन गर्ने कार्यक्रम बाकी रहेको छ । जसका लागि आयोजक ले खेलाडी आह्वान समेत केही दिन अगाडि गरेको थियो ।

अक्सन मार्फत विभिन्न ३ समूह बाट खेलाडी लाई टिम ले अनुबन्धित गर्न सक्नेछ्न ।जस मध्य पहिलो समुह क्याप्ड सिनियरको सुचीमा नेपाली सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीलाई राखिने छ। यस समुह अन्तर्गत पर्ने प्रत्येक खेलाडीको न्युनतम मुल्य ५० हजार रुपैयाँ रहनेछ भने अधिकतम मूल्य २ लाख ५० हजारसम्म रहने छ।

यस्तै दोस्रो क्याप्ड एज लेभलको सुचिमा नेपाली टोलीबाट उमेर समूह बाट खेलेका खेलाडीहरु रहने छन्। यस समुहमा रहने खेलाडीको न्युनतम मूल्य ५० हजार बाट सुरु भएर अधिकतम मुल्य १ लाख ५० हजारसम्म पुग्नेछ ।

यस्तै अन्तिम समूह अनक्याप्ड समुहमा भने नेपाली सिनियर राष्ट्रिय टोलि र उमेर समुहको टोलीबाट नखेलेका अन्य खेलाडीलाई समावेश गरिएको छ। यस सुचिमा रहने खेलाडीको मूल्य न्युनतम ३० हजारबाट अधिकतम १ लाख रुपैयाँसम्म रहनेछ ।

प्रतियोगिता को सम्पुर्ण खेल तथा अक्सन कार्यक्रम हिमालय टेलिभिजन ले प्रत्यक्ष प्रशारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्