onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाली युवा क्रीकेट टोलि एसिया कप खेल्न बङलादेश तर्फ प्रस्थान : प्रशिक्षक बिनोद दास भन्छ्न नेपाल को लक्ष्य दोस्रो चरण पुग्ने

असोज ११ , अनलाईन खेलखबर || यहि आउदो असोज १३ देखि २१ गते सम्म बङलादेश मा हुने अन्डर १९ एसिया कप प्रतियोगिता का लागि नेपाली युवा क्रीकेट टोलि बङ्लादेश तर्फ प्रस्थान गरेको छ ।।

फोटो स्रोत : बिकेट नेपाल

प्रस्थान गर्नु अघि टिम का मुख्य प्रशिक्षक बिनोद दास ले छोटो प्रतिक्रिया दिने क्रम मा नेपाल को लक्ष्य दोस्रो चरण मा पुग्ने रहेको बताए उनले नेपाल को तयारी पनि राम्रो भएको र लखनउ मा भएको एकदिवसीय सिरिज ले पनि प्रतियोगिता को तयारी मा राम्रो भुमिका खेलेको हुदाँ नेपाल ले राम्रो गर्ने उनले बिश्वस्त दिलाए ।

मङ्गलबार यु-१९ टिमका मुख्य प्रशिक्षक बिनोद दास, सुनोज भट्टराई र राजु खड्का सम्मेलित चयन समितिले आसिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलिको घोषणा गरेको थियो ।

केही दिन अगाडि भारत को लखनउ मा गएर भारत को “ए ” “बि” र अफगानिस्तान सगँ एकदिवसीय सिरिज खेल्दा का सम्साद आलम बिपिन रावल, किशोर महतो र लोकेस बम लाई भने समाबेश गरिएको छैन ।

भने सिरिज मा टोलिमा नभएका तर पछिल्लो समय र्राष्ट्रिय टोलि बाट पनि नियमित सदस्य का रुप मा रहदै आएका रोहित कुमार पौडेल लाई टिम मा बोलाईएको छ । यस्तै नन्दन यादब, सुर्य तामाङ र रबिन्द्र जंग शाही लाई टिम मा समाबेश गरिएको छ ।

नेपाल सहित भारत ,श्रीलंका ,पाकिस्तान , बङलादेश , अफगानिस्तान हङकङ र युएई ले प्रतियोगिता मा सहभागि जनाउने छ्न । नेपाल समूह ” ए ” मा भारत अफगानिस्तान र युएई सगै रहेको छ भने । समुह “बि ” मा बङ्लादेश ,पाकिस्तान , श्रीलंका र हङकङ रहेका छ्न ।

खेल तालिका अनुसार नेपाल ले पहिलो खेल प्रतियोगिता सुरु हुने दिन असोज १३ गते भारत बिरुद्ध खेल्दै प्रतियोगिता को सुरुवार गर्नेछ । यस्तै नेपाल ले दोस्रो खेल असोज १५ गते अफगानिस्तान सगँ खेल्नेछ भने समूह को अन्तिम खेल असोज १६ गते युएई विरुद्ध खेल्नेछ ।

समुह को उत्कृष्ट दुई टोलि सेमिफाइनल पुग्नेछ्न , सेमिफाइनल असोज १८ र १९ मा हुनेछ भने प्रतियोगिता को फाईनल असोज २१ मा हुनेछ ।

नेपाली टिम :- आसिफ शेख ( कप्तान ) , कमल सिंह ऐरि ( उप कप्तान ), रोहित कुमार पौडेल ,नन्दन यादब , रभी शाह, रित गौतम,पवन शर्राफ, रबिन्द्र जंग शाही, रासिद खान ,भिम शार्की,तृतराज दास, सागर ढकाल,अरुन ऐरि, सुर्य तामाङ , सन्दिप जोरा

प्रतिक्रिया दिनुहोस्