onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

हेर्नुहोस , फाईनालिस्ट भारत र बङ्लादेश को एसिया कप को यात्रा

असोज ११ , अनलाईन खेलखबर || सुपर फोर को अन्तिम खेल मा पाकिस्तान लाई ३७ रन ले पराजित गर्दै युएई मा जारी एसिया कप मा बङ्लादेश ले भारत सगँ फाईनल मा भेट पक्का गरेको छ ।

आउदो शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला मा हुने फाईनल मा प्रतियोगिता को निकै बलियो देखिएको भारत सगँ बङ्लादेश भिडदै छ ।

प्रतियोगिता मा अपराजित रहेको भारत विरुद्ध प्रतियोगिता भरी उचाडचडाब झेल्दै फाईनालिस्ट बनेको बङ्लादेश बिच को फाईनल खेल कस्तो होला ? स्वाभाविक भारत नै हाबी हुने देखिन्छ ।


एसिया कप को १४ औं संस्करण सम्म आईपुग्दा भारत निकै हाबि हुँदै ६ पटक उपाधि उचालिसकेको छ । भने बङ्लादेश २ पटक फाईनल सम्म पुगेको छ । भारत एसिया कप को सन १९८४ मा भएको पहिलो संस्करण देखि १९८८ , १९९०/९१ , १९९५ , २०१० को उपाधी उचालेको छ । भने सन २०१६ मा बङलादेश मा भएको एसिया कप को ईतिहास मा टि – ट्वान्टि फर्माट मा पनि फाईनल मा बङ्लादेश लाई ८ बिकेट ले पराजित गर्दै छठौँ पटक च्याम्पियन बनेको थियो ।

बङ्लादेश सन २०१२ र २०१६ मा उपबिजेता बनेको छ । सन २०१२ मा बङ्लादेश मै भएको एसिया कप मा पहिलो पटक फाईनल पुगेको बङलादेश पाकिस्तान सगँ ५ बिकेट ले पराजित हुँदै उपबिजेता मा चित्त बुझाएको थियो । यस्तै सन २०१६ मा बङ्लादेश मै भएको एसिया कप मा भारत सगँ फाईनल मा निराश हुन पुगेको थियो ।

फोटो – एसिसी

यस पटक भने भारत सातौं पटक च्याम्पियन बन्ने दाउँ मा छ भने बङ्लादेश पहिलो पटक एसिया कप को बिजेता बन्दै ईतिहास बनाउँन चाह्न्छ ।

जारी एसिया कप मा भारत अपराजित रह्दै आएको छ । समूह ” ए ” मा पाकिस्तान र हङकङ सगँ रहेको भारत ले समूह चरण मा हङकङ लाई २६ रनले पराजित गरेको थियो भने समूह चरण को दोस्रो खेल मा पाकिस्तान लाई ८ बिकेट ले पराजित गर्दै सुपर फोर मा पुगेको थियो ।

सुपर फोर मा पनि भारत को उत्कृष्ट लय जारी नै रहयो । पहिलो खेल मा फाईनालिस्ट बनेको बङलादेश लाई ७ बिकेट ले निराश बनायो । भने दोस्रो खेल मा पाकिस्तान लाई ९ बिकेट ले पराजित गरेको थियो । भने तेस्रो खेल तथा सुपर फोर को अन्तिम खेल मा अफगानिस्तान सगँ भने बराबरी खेलेको थियो । निकै रोचक बनेको खेल मा २५२ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको भारत ले निर्धारित ५० ओवर पुरै खेल्दै ८ बिकेट गुमाएर २ सय ५२ रन मै रोकिए पछि दुबै टिम ले अंक बाढन बाध्य भएका थिए ।

बङ्लादेश सहित श्रीलंका र अफगानिस्तान रहेको समूह “बि” मा बङ्लादेश ले श्रीलका लाई पहिलो खेल मा १३७ रन ले पराजित गरेको थियो जुन जित नै सुपर फोर मा पुग्न प्रयाप्त भयो । समूह चरण को दोस्रो खेल मा भन बङ्लादेश अफगानिस्तान सगँ ठूलो १३६ रनको अन्तर ले पराजित भएको थियो ।

यसपछि सुपर फोर मा भारत सगँ ७ बिकेट ले पराजित हुन पुग्यो । भने सुपर फोर को दोस्रो खेल मा बङलादेश ले रोमाञ्चक ३ रनले बिजयि हासिल गरेको थियो । भने सुपर फोर को अन्तिम तथा प्रतियोगिता को फाईनल पुग्न निकै महत्त्वपूर्ण खेल जहाँ जसले खेल जित्छ त्यही टिम फाईनल पुग्ने अबस्था थियो जसमा पाकिस्तान लाई ३७ रन ले पराजित गर्दै जारी एसिया कप को फाईनल मा बङलादेश पुग्न सफल भयो ।

सुपर फोर को अंकतालिका मा भारत ले खेलेका ३ खेल मा २ मा जित र १ मा बराबरी खेल्दै ५ अंकसहित फाईनल पुगेको हो ।भने बङलादेश ३ खेल मध्य २ मा जित १ मा हार सहित अंकतालिका मा दोस्रो रहदै प्रतियोगिता को फाईनल प्रबेश गर्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्