onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पाकिस्तान लाई पराजित गर्दै बङ्लादेश एसिया कप को फाईनल प्रवेश : भारत सगँ फाईनल खेल्ने

असोज ११ , अनलाईन खेलखबर || गर या मर को स्थिती मा पाकिस्तान माथि ३७ रनको जित हासिल गर्दै युएई मा जारी एसिया कप को फाईनल मा बङलादेश पुगेको छ । प्रतियोगिता को फाईनल पुग्न बुधबार राती सप्पन्न सुपर फोर को अन्तिम खेल मा जसले बिजयी हासिल गर्छ उसले नै फाईनल पुग्ने थियो जस मा बङ्लादेश ले बाजि मार्यो ।

फोटो : एसिसी

२ सय ४० रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको पाकिस्तान ले निर्धारित ५० ओवर पुरै खेलेपनि ९ बिकेट गुमाएर २ सय २ मा रोकियो । पाकिस्तान को पनि सुरुवात भने राम्रो हुन सकेन । ३.३ ओवर भित्र मात्र १८ रन हुँदा क्रमश फकर रहमान ,बावर आजम र सर्फराज अहमद लाई गुमाएको थियो । फकर र बाबर १/१ रन मा आउट हुदाँ सर्फराज ले १० रन बनाएका थिए ।

यसपछि पाकिस्तान सम्हालिदै चौथो बिकेट का लागि इमाम उल हक र सोहेव मलिक बिच ६७ रनको साझेदारी गर्दै केही उकास्न खोजे पछि २०.१ ओवर मा रुबेल हुसेन को बल मा ३० रन हुदाँ सोहेव मलिक क्याच आउट हुन पुगे । यसपछि सादब खान लाई पाचौ बिकेट को रुपमा पाकिस्तान ले सस्तै मा गुमाएको थियो उनले ४ रन मात्र बनाए ।

पाकिस्तान का लागि इमाम उल हक ले सर्बाधिक ८३ रनको पारी खेलेपनी त्यो जित का लागि प्रयाप्त हुन भने सकेन यस्तै असिफ अलि ले ३१ रन बनाएका थिए ।

बलिग तर्फ बङ्लादेश लाई फाईनल सम्म पुर्याउन मुस्तफिजुर रहमान ले ४ बिकेट लिए भने मेहदि हसन ले २ बिकेट र रुबेल हुसेन , ममदुल्ला र सौमे सरकार ले समान १/१ बिकेट लिएका थिए ।

यसअघि शेख जायद रंगशाला आबुदाबी मा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४८.५ ओवर मा पुरै बिकेट गुमाएर २ सय ३९ मा समिटिएको थियो ।

पाकिस्तान का तिब्र गति का बलरहरु जुनैद खान र शाहिन अफ्रिदीले उत्कृष्ट शुरुवात गरे पछि ४.२ ओवर मा १२ रनको स्थितीमा शुरुवाती ३ ब्याट्सम्यान गुमाएको भए पनि यसपछि भने बङलादेश खेल मा फर्किएको थियो । मुश्फिकर रहिम र मोहमद मिथुनले चौंथो विकेटका लागि १ सय ४४ रनको साझेदारी गर्दै बङ्लादेश सम्मानजनक स्कोर तर्फ अग्रसर भएको थियो ।

तर मुश्फिकर का लागि संतोषजनक हुन पुगेन आगाभी साबित हुदै ९९ रन मा आउट हुन उनी पुगे तर टिम को लागि भने उनको ईनिग निकै महत्त्वपूर्ण रहयो यस्तै मिथुन ले ८४ बलमा ६० रनको पारी खेले । त्यस्तै महमुदउल्लाह २५, कप्तान मुस्तफे मुर्तजा ले १३ तथा मेहिदी हसनले १२ रनको योगदान दिएका थिए ।

पाकिस्तानको लागि जुनैद खानले सर्वाधिक ४ बिकेट हात पारे भने शाहिन अफ्रिदी र हसन अलिले समान २/२ विकेट हात पारे ।

महत्त्वपूर्ण खेल मा पाकिस्तान लाई ३७ रन ले पराजित गर्दै प्रतियोगिता को फाईनल प्रबेश गरेको बङलादेश ले अब भारत सगँ शुक्रबार फाईनल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्