onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एसिया कप मा भारत को पाकिस्तान माथी शानदार जित

असोज ४ , अनलाईन खेलखबर || युएई मा जारी एसिया कप को पाचौं खेल मा भारत ले पाकिस्तान लाई ८ बिकेट ले पराजित गरेको छ ।

बुधबार राती सप्पन्न खेल मा पाकिस्तान ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । जसअनुसार ४३.१ ओवर मा अलआउट हुँदै १ सय ६२ रन मा समेटिएको थियो ।

दुबई अन्तर्राष्ट्रिय रंगशाला मा भएको खेल मा पाकिस्तान भारत का बलर सगँ खुलेर खेल्न सकेनन । सुरुवाती देखि नै दबाब मा आएको पाकिस्तान ले टिम को स्कोर ३ रन हुँदा महत्त्वपूर्ण २ बिकेट गुमाएको थियो । जसमा ओपनरद्रय ईमाम उल हल २ रन र हकर रहमान लाई सुन्य रन मा गुमाएको थियो । यस्तै पाकिस्तान का लागि बाबर आजम ले ४७ रन र सोहेब मलिग ले ४३ रन बाहेक अन्य ले दोहोरो अंक जोडन नसक्दा निकै कम स्कोर मा पाकिस्तान खुम्चिन बाध्य भयो ।

पाकिस्तान लाई कम स्कोर मा रोक्न भारत का भुबेन्वर कुमार र केदार ज्यादव ले सर्बाधिक समान ३ /३ बिकेट , बुमराह ले २ बिकेट लिदै महत्त्वपूर्ण भुमिका निर्बाह गरे ।

यसपछि १ सय ६३ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको भारत ले उक्त लक्ष्य २९ ओवर मा मात्र २ बिकेट गुमाएर भेटायो । भारत को जितमा ओपनरद्रय रोहित सर्मा ले अर्धसतकिय ५२ रनको पारी खेले भने अर्का ओपनर सिखर धवन ले ४६ रन बनाए साथै अ्मवैतु रायुडु र दिनेश कार्तिक ले अबिजित समान ३१/३१ रन को योगदान गर्दै टिम लाई सहज जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्