onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पोखरा प्रिमियर लिग द्रारा खेलाडी लाई नाम दर्ता गर्न आबह्रान

असोज ३ , अनलाईन खेलखबर || नेपाल को पर्यटकीय सहर पोखरा मा यहि आउदो कार्तिक ९ गते देखि २० गते सम्म पहिलो पटक हुन गईरहेको पोखरा प्रिमियर लिग ( पिपिएल ) को अक्सन का लागि खेलाडी हरु को दर्ता प्रक्रिया खुल्ला गरेको छ ।

आयोजक क्विन्स इभेन्टस म्यानेजमेन्ट प्राली ले आज प्रेश बिज्ञपति जारी गर्दै खेलाडी हरु लाई प्रतियोगिता मा सहभागि हुन आबह्नन गरेको हो । उनले जानकारि गराए अनुसार पिपिएल को आधिकारिक वेबसाईट साईट www.ppl-t20.com
मा गई आफ्नो नाम दर्ता गर्ने व्यवस्था मिलाईएको छ । जहाँ खेलाडी ले सजिलै नाम दर्ता गर्न सक्छ्न मात्र उनी हरु ले दर्ता सुल्क मार्फत १ हजार ई-सेवा मार्फत भुक्तानी गरेको हुनु पर्नेछ ।।

अक्सन का लागि नाम दर्ता खेलाडी ले विभिन्न ३ समूह भित्र गरिनु पर्ने छ । जस मध्य पहिलो समुह क्याप्ड सिनियरको सुचीमा नेपाली सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीलाई राखिने छ। यस समुह अन्तर्गत पर्ने प्रत्येक खेलाडीको न्युनतम मुल्य ५० हजार रुपैयाँ रहनेछ भने अधिकतम मूल्य २ लाख ५० हजारसम्म रहने छ।

यस्तै दोस्रो क्याप्ड एज लेभलको सुचिमा नेपाली टोलीबाट उमेर समूह बाट खेलेका खेलाडीहरु रहने छन्। यस समुहमा रहने खेलाडीको न्युनतम मूल्य ५० हजार बाट सुरु भएर अधिकतम मुल्य १ लाख ५० हजारसम्म पुग्नेछ ।

फोटो सौजन्य : बिकेट नेपाल

यस्तै अन्तिम समूह अनक्याप्ड समुहमा भने नेपाली सिनियर राष्ट्रिय टोलि र उमेर समुहको टोलीबाट नखेलेका अन्य खेलाडीलाई समावेश गरिएको छ। यस सुचिमा रहने खेलाडीको मूल्य न्युनतम ३० हजारबाट अधिकतम १ लाख रुपैयाँसम्म रहनेछ ।

प्रतियोगितामा ६ वटा टिम सहभागी हुने भनिएको छ जसको नाम नेपाल का बिभिन्न सहर हरुको नाम बाट रहने छ । यस्तै प्रतियोगिता को सम्पुर्ण खेल तथा अक्सन कार्यक्रम हिमालय टेलिभिजन ले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्