onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एसिया कप मा भारत विरुद्ध हङकङ को उत्कृष्ट प्रंदशन

असोज ३ , अनलाईन खेलखबर || युएई मा जारी एसिया कप मा मङ्गलबार राती भएको खेल मा भारत विरुद्ध उत्कृष्ट प्रदशन का बाबुजुत हङकङ २६ रनको छिनो अन्तर ले पराजित भएको छ ।

दुबई अन्तर्राष्ट्रिय रंगशाला मा टस जितेर पहिले भारत लाई ब्याटिङ को निम्तो दिएको हङकङ ले बलिग मा पनि राम्रो प्रंदशन गर्दै बिश्व क्रीकेट को पावरहाउस भनेर चिनिने भारत लाई २ सय ८५ रन भित्र रोक्न सक्यो । भारत ले निर्धारित पुरै ५० ओवर खेल्दै ७ बिकेट गुमाएर उक्त योगफल खडा गरेको थियो ।

भारत का लागि ओपनर शिखर धवन ले सर्बाधिक १२७ रन को पारी खेलेका थिए । उनले १२० बलको सामना गर्दै १५ चौका र २ छ्क्का समेत प्रहार गरे । यस्तै भारत का लागि अ्म्बैतु रायुडु ले ६० रन , कप्तान रोहित सर्मा ले २३ रन र केदार यादब ले २८ रनको योगदान टिम का लागि गरेका थिए ।

निकै अनुशाशित बलिग गरेको हङकङ का लागि केडि शाह ले सर्बाधिक ३ , ईशान खान ले २ बिकेट साथै नवाज र एजाज खान ले समान १/१ बिकेट लिन सफल भए ।

२ सय ८६ बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिनएको हङकङ खेल मा पराजित भए पनि सबै को मन जित्न सफल हङकङ ले सुरुवात बाटै निकै राम्रो गर्यो ओपनद्रय निजाकत खान र अन्सुमन राथ ले एकदमै राम्रो सुरुवाती दिलाएका थिए । यी दुई बिच पहिलो बिकेट का लागि १७४ रन को साझेदारी भएको थियो ।

निजाकत खान ले ११५ बलको सामना गर्दै ९२ रन को पारी खेल्दा अन्सुमन राथ ले ७३ रनको योगदान टिम लाई गरे । यसपछि भने भारत खेल मा फर्कियो यसपछि हङकङ ले लगातार बिकेट गुमाउदै जादा भारत माथी हङकङ ले एतिहासिक जित निकाल्न असफल भयो । भारतिय बलर हरु पछि राम्रो कमब्याक गर्दा हङकङ का अन्य ब्याट्सम्यान खुलेर खेल्न सकेनन र जित नजिक पुगेर पनि हङकङ निराश हुन पुग्यो । हङकङ का लागि ईशान खान ले २२ रन , केडि शाह ले १७ रन र तनवीर अफ्जल ले १२ रन बनाएका थिए । र टिम निर्धारित ५० ओवर पुरै खेल्दै ८ बिकेट गुमाएर २ सय ५९ रन मा समिटियो ।

भारत लाई हङकङ बिरुद्ध खलिल अहमद र युजभिन्न्द्र चहल ले समान ३/३ बिकेट र कुलदिप यादब ले २ बिकेट दिलाएका थिए ।

लगातार दुई खेल मा पराजित भएको हङकङ एसिया कप को समूह चरण बाटै बाहिरियो भने भारत र पाकिस्तान एक खेल खेल्न बाकी रहदै दोस्रो चरण मा पुगेका छ्न ।

प्रतिक्रिया दिनुहोस्