onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

माल्दिभ्स ले चुम्यो साफ च्याम्पियनसिप को उपाधि

भदौ ३१ , अनलाईन खेलखबर || बङलादेश को ढाका मा सप्पन्न १२ औं साफ सुजुकी कपको उपाधि माल्दिभ्स उचालेको छ ।

ढाकास्थित बंगबन्धु अन्तराष्ट्रिय रंगशालामा मा भएको फाईनल खेल मा माल्दिभ्स ले भारत लाई २-१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

शनिबार भएको फाइनल मा उपाधी को दाबेदार मध्य को एक बलियो टोलि भारत विरुद्ध सनसनिपुर्ण जित निकाल्दै समूह चरणमा व्यहोरेको हारको बदला समेत माल्दिभ्स ले लियो ।

सनिवार भएको फाईनल खेल मा खेल मा माल्दिभ्सले १९ औं मिनेटमा नै इब्राहिम महुयीको गोलबाट सुरुवाति अग्रता लिएको थियो ।

पहिलो हाफ १-० ले सकिएको खेल मा माल्दिभ्स ले ६६ औं मिनेटमा अली फासिरले गोल मार्फत अग्रता दोब्बर पारेको थियो ।
तर अतिरिक्त समय मा भारत का लागि सुमित पासीले सान्त्वना गोल गरे र टिम माल्दिभ्स सगँ निराश हुन पुग्यो ।

समूह चरण मा एक गोल पनि नगरेको माल्दिभ्स गोलाप्रथा मार्फत सेमिफाइनल प्रबेश गरेको थियो तर सेमिफाइनल मा माल्दिभ्स नेपाल सामु ससक्त हुँदै ३-० को जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्