onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल को शानदार जित ,पपुवा न्युगिनी ६ विकेट ले पराजित : एकदिवसीय मान्यता का लागि नेदरल्याण्ड र हंगकंग बिचको खेल कुर्नु पर्ने

चैत्र १ , अनलाईन खेलखबर || जिम्बाबे मा जारी आईसीसी बिश्वकप छनोट प्रतियोगिता को प्ले अफ मा नेपाल ले पपुवा न्युगिनी लाई ६ विकेट ले पराजित गरेको छ । यो जित सगै नेपाल को सपना एकदिवसीय मान्यता प्राप्त गर्ने त्यो लगभग नजिक आएको छ , अब यो सपना तब बिपना मा परिणत हुनेछ जब अर्को अहिले जारी नेदरल्यान्ड र हङकङ बिचको खेल मा नेदरल्यान्ड ले हङकङ लाई पराजित गर्नु पर्नेछ , यदि उक्त खेल मा नेदरल्यान्ड पराजित हुन्छ र हङकङ बिजयी हुन्छ भने फेरि एकदिवसीय मान्यता पाउँन नेपाल र हङकङ बिच अर्को प्ले अफ हुनेछ ।

१ सय १५ रनको झिनो लक्ष्य पछयाएको नेपाल ले २३ ओवर मा मात्र ४ बिकेट गुमाएर भेटाएको थियो । झिनो लक्ष्य पछयाएको नेपाल ले पनि सुरुवात भने राम्रो भने गरेको थिएन , ईनिगँको दोस्रो ओवर मै ओपनर ज्ञानेन्द्र मल्ल लाई दोस्रो ओवर मै नेपाल ले गुमाएको थियो उनले मात्र १ रन बनाए यस्तै दोस्रो बिकेट पनि लगत्तै २.५ ओवर मा अनिल कुमार शाह लाई गुमायो उनले ९ रन बनाए भने कप्तान पारस ले १८ बलको सामना गर्दै २० रनको योगदान पुर्याएका थिए उनी रिभा को बल मा क्याच आउट हुन पुगेका थिए । यस नेपाल ले राम्रो साझेदारी पायो आरिफ शेख र दिपेन्द्र सिहँ बिच , जसले नेपाल को जित सुनिश्चित गर्न सफल भए , आरिफ आउट हुदा २६ रन बनाई सकेका थिए उनी भन्वा को बल मा एलबीडब्लू को सिकार भएका थिए । भने नेपाल लाई शानदार जित दिलाउने क्रममा दीपेन्द्र सिँह एरिले अबिजित अर्थसतक ५० रन बनाएका थिए यस्तै रोहित पौडेल ३ रन मा अबिजित रहे र नेपाल लाई शानदार जित दिलाउन सफल रहे ।

यस अगि हरारे स्पोर्ट्स क्लब क्रीकेट मैदान मा टस जितेर नेपाल ले पपुवा न्युगिनी लाई पहिले ब्याटिङ को निम्तो दिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनी नेपाली बलर सामु पुरै निरीह साबित हुँदै २७.२ ओवर मा अलआउट हुदै मात्र १ सय १४ रन बनाउन सफल भएको थियो ।

पहिलो ब्याटिङ गरेको पपुवा न्युगिनी नेपालि बलर सामु खुलेर खेल्न सकेनन तेस्रो ओवर मै पहिलो विकेट गुमाएको थियो पपुवा न्युगिनि ले पहिलो बिकेट का लागि कप्तान भाला सोमपाल कामी को बल मा एलबिडब्लु को सिकार बनेका थिए उनले १० रन बनाएका थिए , यस्तै दोस्रो बिकेट ७.५ औँ ओवर मा करन केसि ले दिलाएका थिए , करनको बल मा उरा मात्र ११ रन बनाउदै पभेलियन फर्किएका थिए , यस पछि सन्दिप को सिकार बने सोपर उनले पनि १० रन बनाएका थिए , यस्तै चौथो विकेट पनि सन्दिप ले हात पारे १५ औँ ओवर मा बाबु ११ रन बनाएर आउट हुन पुगेका थिए । पुन सन्दिप ले अर्को अर्थात आफ्नो लगातार तेस्रो बिकेट लिने क्रममा दाई सिकार बने दाई ले मात्र ५ रन बनाएका थिए । यस्तै अर्को विकेट पनि सन्दिप ले लिए यो उनको लगातार चौथो बिकेट लिने क्रममा डोरिगा १० रन मा सिकार हुन पुगे , यसरी सन्दिप ले लगातार ४ विकेट् लिए पछि पपुवा न्युगिनी पुरै दबाब मा आएको थियो ।। यस पछि पपुवा न्युगिनी को सातौ बिकेट २४ औ ओवर मा गएको थियो दिपेन्द्र सिहँ एरि को बल मा पपुवा न्युगिनी का ब्याटसम्यान अमिनि १९ रन बनाए पछि एलबीडब्लू को सिकार हुन पुगेका थिए । यस पछि पपुवा न्युगिनि को आठै बिकेट् दीपेन्द्र ले लिए , आठौं बिकेट्का लागि किला १५ रन बनाएर २५.३ ओवर मा आउट हुन पुगे । यस्तै अर्को बल २५.४ ओवर मा अर्को बिकेट हात पारे दिपेन्द ले जुन भान्वा को थियो उनले कुनै रन बनाउन सकेनन । र अन्तिम बिकेट का रुपमा एरि को बलमा रेभा आउट हुदाँ पपुवा न्युगिनी मात्र १ सय १४ रन मा समेटिन बाध्य भएको थियो ।।

यो जित सगै नेपाल ले एकदिवसीय मान्यता नजिक पुगेको छ , अब यसको निर्धारण नेदरल्यान्ड र हङकङ को खेल पछि हुनेछ ।
नेदरल्याण्ड भर्सेज हंगकंग
जिम्बाबे मा जारी आईसीसी बिश्वकप छनोट प्रतियोगिता को अर्को प्ले अफ मा अहिले नेदरल्यान्ड र हङकङ बिच जारी रहेको छ ।

क्वेक्वे क्रीकेट मैदान मा जारी खेल मा पहिले टस जितेर नेदरल्यान्ड ले पहिले ब्याटिङ गरेको थियो । पहिले ब्याटिङ गरेको नेदरल्यान्ड ले औशत प्रदंशन गर्दै ४८.२ ओवर मा अलआउट हुदै मात्र १ सय ७४ रन बनाएको छ ।
रन बनाउने क्रममा नेदरल्यान्ड का लागि एम्पि ओ दोव्ड ले ६२ रनको महत्त्वपूर्ण पारी खेले यस्तै बोरेन ले ३१ रन बनाउदा लिडे ले २९ रनको ईनिगं खेलेका थिए भने अन्य कुनै ब्याटसम्यान ले उल्लेख्य प्रदशन गर्न असफल रहेका थिए ।

१ सय ७५ रनको लक्ष्य हङकङ अहिले पछयाई रहेको छ |

नेपाल ले यदि एकदिवसीय मान्यता पाउँछ भने नेपाल लाई ठूलो फाईदा हुनेछ ।यस्तो मा नेपाल ले आईसीसी को एकदिवसीय वरियता मा आफू लाई पनि पहिलो पटक समाबेश गराउने छ , जुन टेस्ट पछि को ठूलो उपलब्धि नै हो र टेस्ट मान्यता पाउँन का लागि ठूलो भुमिका यहाँ बाट सुरु हुन्छ ।

भने महत्त्वपूर्ण फाईदा नेपाल विभिन्न एकदिवसिय मान्यता पाएका देशहरु विच आइसीसीले त्रिकोणात्मक वा अन्तराष्ट्रिय सिरीज राख्न सक्छ । जसमा नेपालले एकदिवसिय मान्यता पाएमा खेल्न पाउनेछ ।
अहिले अबस्थामा मा नेपाल को क्रीकेट सघँ आईसीसी बाट निलम्बित भएको हुदा यी यस्ता सिरिज आयोजना गर्न कठिनाई पक्कै हुने देखिन्छ तर आइसीसीसँग सहकार्य गरेर आफैले पनि एकदिवसिय श्रृखंलाको आयोजना गर्न भने सक्छ ।

यस्तै अर्को भनेको जुन एकदिवसिय मान्यता पाए सगैँ नेपालले इन्टरकन्टिनेन्टल खेल जुन चार दिनको हुने गर्छ त्यो खेल्न पाउनेछ । जुन आईसीसी को तालिका का अनुसार नै खेलाईन्छ , यो खेल नेपाल का खेलाडीका लागि बिर्दी बिकाश र अनुभव , दक्षता मा झनै ठूलो सहयोग पुर्याउने देखिन्छ ।

आइसीसीबाट आउने अनुदानमा पनि निकै बृद्धी हुनेछ । जसमा खेलाडीको म्याच फि, खेलाडीको सुविधामा पनि बृद्धी हुनेछ । साथै एकदिवसीय पाएमा नेपाल ले स्वतं टि – ट्वान्टी को मान्यता पनि पाउने छ ।

एकदिवसिय मान्यता पाएका देशले आयोजना गरेका घरेलु लिगको मापदण्ड पुरा भएमा आइसीसीले लिष्ट ए को मान्यता पनि दिन सक्छ । साथै खेलाडी हरु लाई पनि आईसीसी ले सार्बजनिक गरि रहने एकदिवसीय वरियता मा समाबेश समेत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्