onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

साफ मा आज नेपाल ले घरेलु टोली बङलादेश को सामना गर्दै : नेपाल गर या मर को स्थिति मा

भदौ २३ , अनलाईन खेलखबर || १२ औं साफ च्याम्पियनसिप अन्तर्गत आज नेपाल ले समूह चरण को अन्तिम खेल मा आयोजक बङलादेश को सामना गर्दै छ ।।

राति पौने ७ बजे बंगबन्धु रंगशलामा हुने खेल मा नेपाल घरेलु टिम विरुद्ध गर या मर को स्थिति मा मैदान मा उत्रिने छ । नेपाल लाई सेमिफाइनल पुग्न स्पष्ट जितको आबस्यकता छ । नेपाल पहिलो खेल मा पाकिस्तान सगँ २-१ ले पराजित भएको थियो भने दोस्रो मा भुटान लाई ४-० ले पराजित गरेको थियो ।

अहिले समूह को अंकतालिका मा बङ्लादेश २ खेल मा जित निकाल्दै ६ अंकसहित शीर्षस्थान रहेको छ । भने नेपाल ३ अंक सहित गोल अन्तर को आधार मा दोस्रो स्थान मा छ । भने पाकिस्तान को पनि समान ३ अंक सहित तेस्रो स्थान मा रहेको छ । भने भुटान समूह चरण बाट नै बाहिरिसकेको छ ।

यस्तो मा आज पहिलो खेल मा पाकिस्तान ले भुटान सगँ पौने ४ बजे खेल्नेछ , सम्भवत पाकिस्तान ले कमजोर भुटान माथि जित पक्कै निकाल्ने छ । यदि यस्तै नतिजा आउने सम्भावना बढी भएको हुदाँ नेपाल ले बङलादेश सगँ स्पष्ट जित को खोजी गर्न आबस्यक छ ।

भुटान र पाकिस्तान को खेल ले नै नेपाल को रणनीति मा परिवर्तन गर्ने हुदाँ पहिले यी दुई को खेल नेपाल का लागि निकै महत्त्वपूर्ण रहेको छ ।


जारी प्रतियोगिता मा घरेलु टोलि बङलादेश राम्रो लय मा देखिएको छ , उसलाई घरेलु समर्थक हरु को पनि राम्रो साथ भएको हुदाँ नेपाल ले सोही अनुसार आफ्नो रणनीति बनाएर बङलादेश सगँ भिडन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्