onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल ले आज भुटान को सामना गर्दै : भुटान विरुद्ध जित निकाले सेमिफाइनल पुग्ने सम्भावना कायमै हुने

भदौ २१ , अनलाईन खेलखबर | बङ्लादेश को राजधानि ढाका मा जारी १२ औं साफ सुजुकी कप फुटबल प्रतियोगिता मा आज नेपाल ले भुटान को सामना गर्ने छ । समूह ” ए ” मा रहेका भुटान र नेपाल आफ्नो पहिलो खेल मा पराजित भएका टिम हुन ।

फोटो सौजन्य – नेप्लेज

प्रतियोगिता को सेमिफाइनल प्रबेश गर्न का लागि आज को खेल ले निकै नै महत्त्वपूर्ण राख्छ । दुबै टिम स्पष्ट जितको खोजिमा करिब नेपाली समय अनुसार पौने ४ बजे रंगशाला मा उत्रिने छ्न ।

पहिलो खेल मा नेपाल अन्तिम समय मा सम्हालिन नसक्दा पाकिस्तान सगँ २-१ ले पराजित हुन पुगेको थियो भने भुटान आयोजक बङ्लादेश सगँ २- ० ले पराजित हुन पुगेको थियो ।

तुलनात्मक हिसाब् मा नेपाल भुटान माथी धेरै माथी छ , हाल सम्म भएका १२ भेट मा नेपाल भुटान विरुद्ध १०० % नतिजा निकालेको छ । तर पछिल्लो समय मा भुटानले आफ्नो खेल लाई धेरै सुधार गरेको अबस्था छ । तर पनि नेपाल गर या मर को स्थितिमा भुटान विरुद्ध राम्रो नतिजा निकाल्ने मा बिस्वस्थ देखिन्छ ।

खेल को प्रत्यक्ष प्रशारण एपी वन एच डी, डीस होम एक्सन स्पोर्ट्स टेलिभिजन ले गर्नेछन साथै खेल विभिन्न एप तथा अनलाइन मार्फत पनि हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्