onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

साफ च्याम्पियनसिप आज बाट सुरु : नेपाल आज नै पाकिस्तान सगँ भिडने

भदौ १८ , अनलाईन खेलखबर || दक्षिण एसियाली रास्ट्र हरु को सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आज देखि बङलादेश को राजधानि ढाका मा हुँदै छ ।

नेपाल सहित कुल ७ टिम को सहभागिता रहने यस प्रतियोगिता को यो १२ औं संस्करण हो । । हाल सम्म साफ मा सेमिफाइनल भन्दा माथी पुग्न नसकेको नेपाली टोलि ले यसपटक उपाधी उचाल्ने मा टिम बिश्वस्थ देखीन्छ ।

यसपटक भारत ले आफ्नो यु -२३ टोलि लाई खेलाउने छ र अफगानिस्तान ले प्रतियोगिता मा सहभागि जनाउने छैन ।

नेपाल ले आज नै पहिलो खेल पाकिस्तान विरुद्ध नेपाली समय अनुसार पौने ४ बजे सामना गर्दैछ जसको प्रत्यक्ष प्रशारण एपिवान टेलिभिजन मार्फत हुदैछ । यस्तै समूह “ए ” अन्तर्गत आजनै आयोजक बाङ्लादेश ले भुटान सगँ पौने ७ बजे खेल्नेछ ।

यस्तै समूह “ए ” मा रहेको नेपाल ले दोस्रो खेल मा भदौ २१ मा भुटानको सामना गर्ने छ भने समुह चरण को अन्तिम खेलमा भदौ २३ मा आयोजक बंगलादेशको सामना गर्नेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

नेपाली राष्ट्रिय टोली

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, एलेन न्यौपाने

रक्षक : बिराज महर्जन ( कप्तान ) दीनेश राजवंशी, देवेन्द्र तामाङ, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल

मिडफिल्ड : निराजन खडका , हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ

फरवार्ड : बिमल घर्ती मगर , नबयुग श्रेष्ठ, भरत खवास, अन्जन विष्ट

प्रतिक्रिया दिनुहोस्