onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एसिया कप छनोट प्रतियोगिता मा नेपाल को लगातार दोस्रो हार

भदौ १४ , अनलाईन खेलखबर || मलेसिया मा जारी एसिया कप छनोट प्रतियोगिता अन्तर्गत आज भएको खेल मा नेपाल युएई सामु ७८ रन ले पराजित हुन पुगेको छ । यो नेपाल को जारी प्रतियोगिता मा लगातार दोस्रो हार हो । यसअघि नेपाल बुधबार पहिलो खेल मा ओमन सगँ ७ बिकेट ले पराजित भएको थियो ।

आज भएको खेल मा २ सय ५५ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको नेपाल १ सय ७६ रनमै अलआउट हुन पुग्दा नेपाल युएई सगं पराजित हुन पुग्यो । जस मा नेपाल का ओपनर सुवास खकुरेल ले सर्वाधिक ५० रन र दीपेन्द्र सिँह एरि ले ४० रनको योगदान दिन बाहेक अन्य ब्याटसम्यान ले उल्लेख्य योगदान गर्न नसकेपछी नेपाल निराश हुन पुग्यो ।

ओपनर ज्ञानेन्द्र मल्ल पहिलो ओभरमै ४ रन बनाएर आउट भएका थिए।यस्तै कप्तान पारस खडका ले १६ रन बनाउदा सागर पुन ले ३ रन आरिस सेख ले पनि ३ रन बनाएका थिए भने रोहित पौडेल ९ रनको योगदान दिए पनि त्यो प्रयाप्त हुन सकेन ।

यसअघि किनरारा एकेडेमी ओभल क्वालालम्पुर मलेसिया मा टस हारेर युएई ले पहिले ब्याटिङ गरेको थियो । जस अनुसार

निर्धारित ५० ओवर पुरै खेल्दै युएई ले ९ बिकेट गुमाएर २ सय ५४ रनको ठुलो योगफल खडा गर्न सफल भएको थियो ।

सुरुवात राम्रो गरेको युएई ले पहिलो बिकेट १२.१ बिकेट मा टिम को स्कोर ७० रन हुदाँ असफाग अहमद लाई ४५ रन मा गुमाएको थियो उनी वसन्त रेग्मी को बल मा एल्बिडब्लु का सिकार हुन पुगे भने दोस्रो बिकेट रोहन मुस्तफा लाई १ रन मा टिमको स्कोर ७१ रन मा गुमाएको थियो । यसपछि युएई ले सम्हालिदै ब्याटिङ गर्दै अगाडि बढयो ।

युएई का लागि चिराग सुरिले सर्बाधिक ६५ रन को पारी खेल्दै टिम लाई ठूलो लक्ष्य तर्फ अग्रसर गराएका थिए । यस्तै रमिज सहजाद ले ३५ रनको योगदान गरे भने अद्नान मुफ्ती ले अबिजित ५७ रनको पारी खेले ।


बलिग तर्फ सन्दिप लामिछाने ले ४ बिकेट लिए उनले १० ओवर गर्दै २ ओवर मेडन राख्दै २४ रन खर्चिएका थिए ।यस्तै नेपाल का लागि सोमपाल कामी र बसन्त रेग्मी ले समान २/२ बिकेट हात पारेका थिए ।

लगातार दोस्रो हार ब्यहोरेपछी अब नेपाल लाई प्रतियोगिता को फाईनल पुग्न बाकी का खेल रनरेट सुधार्दै जित्नै पर्ने र अरुको खेलको नतिजा ले पनि साथ दिनुपर्ने हुन्छ । अब नेपाल ले आफ्नो तेस्रो खेल भदौ १६ गते आयोजक मलेसिया सगँ खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्