onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाली क्रीकेट फ्यान क्लब ले चुम्यो फ्यान क्लब कप ईन्डोर क्रीकेट प्रतियोगिता को उपाधि

भदौ ३ , अनलाईन खेलखबर || एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को एक टिम काठमाडौ किग्सं ईलाभेन ले आज राजधानि स्थित रोयल केसिटिसि ईन्डोर क्रीकेट हल मा आयोजना गरेको फ्यान क्लब कप को उपाधी नेपाली क्रीकेट फ्यान क्लब ले उचालेको छ ।

आजै भएको फाईनल खेल मा किग्स क्रीकेट क्लब लाई ४ बिकेट ले पराजित गर्दै नेपाली क्रीकेट फ्यान क्लब ( एनसिएफसि ) च्याम्पियन बनेको हो । फाईनल मा किग्स क्रीकेट क्लब ले दिएको ५८ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको एनसिएफसि ले उक्त बिजयी लक्ष्य ७.३ ओवर भेटाएको थियो । एनसिएफसि लाई उपाधी दिलाउन अनुप श्रेष्ठ ले सर्बाधिक २४ रनको पारी खेलेका थिए उनले १ चौका र १ छ्क्का प्रहार गरेका थिए ।

प्रतियोगिता को फाईनल मा किग्स क्रीकेट क्लब ले द टुईटर ब्लाटर लाई पराजित गर्दै फाईनल प्रबेश गरेको थियो भने च्याम्पियन एनसिएफसि ले नेपालि क्रीकेट समर्थक समाज ( एनसिएसएस ) लाई पराजित गर्दै फाईनल को यात्रा तय गरेको थियो ।

कुल ४ टिम को सहभागिता रहेको यस ईन्डोर क्रीकेट प्रतियोगिता आफै मा उत्साहजनक रहयो । यस्तो खालको क्रीकेट प्रतियोगिता नेपाल को सन्दभ मा नयाँ तथा पहिलो प्रयोग हो ।

प्रतिक्रिया दिनुहोस्