onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

गण्डकी प्रदेश बाट क्रीकेटर करन केसि एक लाख नगद सहित सम्मानित

साउन २७ , अनलाईन खेलखबर । गण्डकी प्रदेश को सामाजिक बिकास मन्त्रालय ले क्रिकेट खेलमा लागेर मुलुक को नाम प्रतिष्ठा बढाएको भन्दै एक लाख नगद सहित क्रीकेटर करन केसि लाई आज सम्मान गरेको छ ।

गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ गृहजिल्ला का करन लाई आज पोखरा मा आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ले नेपालि क्रीकेट टोलि का प्रतिभावान खेलाडि केसि लाई सम्मान गरेका हुन ।

सम्मान पछि करन ले सानो प्रतिक्रिया दिने क्रम मा सम्मानले देशका लागि अझै राम्रो क्रिकेट खेल्न प्रोत्साहित मिलेको उनले बताए ।


पछिल्लो समय नेपाली क्रीकेट टोलि मा निरन्तर रहदै नेपाल को सफलता मा उनले ठूलो योगदान पुर्याउदै आएका छ्न । उनको प्रंदशन तारिफयोग्य नै रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्