onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रोमाञ्चक खेलमा नेपाल को एेतिहासिक जित : श्रृखंला बराबरी मा सकियो

साउन १८ , अनलाईन खेलखबर || नेदरल्यान्ड विरुद्ध नेपाल को पहिलो एकदिवसिय श्रीङ्खला को दोस्रो खेल मा नेपाल ले रोमाञ्चक खेल मा नेदरल्याण्ड्सलार्इ १ रनले पराजित गरेको छ । नेपाल ले एेतिहासिक जित हासिल गरेपछी २ खेलको श्रृखंला १-१ को बराबरी मा सकिएको छ ।

नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स अन्तिम बलमा सबै विकेट गुमाएर २ सय १५ रनमा समेटियो। नेदरल्याण्ड्सका विस्ले बारेसीले ७१ रनको पारी खेलेपनि टोलीलार्इ जिताउन सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले ३, ललितसिंह भण्डारीले २ तथा पारस खड्का, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, वसन्त रेग्मीले एक एक विकेट लिएका थिए ।

यसअघि भिआरए क्रीकेट मैदान , नेदरल्यान्ड मा पाहुना टोलि नेपाल ले पहिले ट्स जितेर ब्याटिङ गरेको थियो । सोमपाल कामी को उत्कृष्ट धुवाधार ब्याटिङ को मद्दत मा नेपाल ले नेदरल्यान्ड विरुद्ध ४८.५ ओवर मा अलआउट हुदै २ सय १६ रनको सम्मानजनक स्कोर खडा गरेको थियो । निकै राम्रो लय मा सुरु देखि नै देखिदै ब्याटिङ गर्न आएका सोमपाल ले किर्तिमानि ६१ रनको पारी खेले यो नै एकदिवसीय मा नेपाल को तर्फ वाट ब्यक्तिगत उच्च स्कोर हो । उनले ४६ वलको सामना गर्दै ५ चौका ३ छ्क्का को मद्धत मा उक्त रन प्रहार गरे ,उनी रिपोन को बल मा आउट हुन पुगे।

यस्तै कप्तान पारस खड्का को पनि कप्तानिय पारी रह्यो उनले पनि अर्धसतकिय ५१ रनको पारी खेले , सिलर को बल मा क्याच आउट हुन पुगेका उनले ६९ बलको सामना गर्दै ६ चौका २ छ्क्का समेत प्रहार गरे ।

यता आज उप – कप्तान ज्ञानेन्द्र मल्ल र लामो समय पछि टिम मा कमब्याक गरेका सुबाश खकुरेल ले ओपनिग ब्याटिङ गरेका थिए ।पहिलो बिकेट को रुपमा मल्ल लाई गुमाउदा नेपाल ले २९ रन ७.३ ओवर मा बनाईसकेको थियो मल्ल ब्यक्तिगत १३ रन मा आउट हुन पुगे , अर्का ओपनर सुबाश ले १९ रन बनाउदाँ दिपेन्द्र सिँह रन आउट हुन पुग्दा १९ रन मा चित्त बुझाउन बाध्य भए साथै नेपाल लाई आरिफ शेख ले १६ रन , अनिल शाह ले ४ रन , रोहित कुमार ले ६ , सन्दिप लामिछाने ले ८ रन र ललित भन्डारी ले अबिजित ४ रन को योगदान गरेका थिए ।

बलिग तर्फ नेदरल्यान्ड का लागि फ्रेडेरिक क्लासेन ले सर्बाधिक ३ बिकेट लिदाँ कप्तान पिटर सिलर , मिचेन रिपोन ले समान २/२ बिकेट हात पार्दा पाउल भान र शेन स्नाटर ले १/१ बिकेट चटकाएका थिए ।

पहिलो खेल मा ५५ रन को हार ब्यहोरेको नेपाल ले आज जित निकाल्दै एतिहासिक एकदिवसीय श्रीङ्खला १/१ को बराबरी मा सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्