onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सुरुवात राम्रो गरेको भएपनी मध्यक्रम का ब्याट्सम्यान चल्न नक्सदा नेपाल नेदरल्यान्ड सगँ पराजित

साउन १६ , अनलाईन खेलखबर || नेदरल्यान्ड विरुद्ध को एतिहासिक एकदिवसीय सिरिज को पहिलो खेल मा नेपाल नेदरल्यान्ड सगँ ५५ रनले पराजित भएको छ ।

१ सय ९० रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको नेपाल ले ४१.५ बल मा अलआउट हुदै १ सय ३४ रन बनायो ।

सुरुवात निकै नै राम्रो गरेको भएपनी मध्यक्रम का ब्याटसम्यान हरु चल्न नसक्दा नेपाल ले पहिलो एकदिवसीय खेल मै हार ब्यहोर्नु पर्यो ।

ओपनर द्रय अनिल कुमार शाह र ज्ञानेन्द्र मल्ल ले राम्रो ओपनिग गरे । पहिलो बिकेट को रुपमा अनिल लाई गुमाएको नेपाल ले १२.२ ओवर भित्र ५८ रन बनाईसकेको थियो । यता ज्ञानेन्द्र मल्ल ले किर्तिमानि अर्थसतकिय ५१ रन को पारी खेले ६१ बलको सामना गरेका उनले ८ चौका प्रहार गरेका थिए दुर्भाग्यपूर्ण उनी रिपोन को बल मा एलबीडब्लू को सिकार हुन पुगेपछी नेपाल को बिकेट पतन को सिलसिला जारी सुरु भयो ।

कप्तान पारस १२ रन मा आउट हुदाँ निकै आशा गरिएका आरिफ शेख बिना खाता खोलि पबेलियन गएपछि नेपाल झन दबाब मा आएको थियो । आरिफ का साथ साथै सोमपाल कामी , वसन्त रेग्मी र करन केसि ले कुनै रन बनाउन सकेनन । नेपाल को पारी बिच मा दिपेन्द्र ले केही उकास्न खोजेपनि उनी पनि सफल हुन भने सकेनन उनी ३३ रन बनाउदाँ आउट हुन पुगेका थिए । यस्तै सन्दिप ले १ रन , सरद भेषावकर ले ४ रन र शक्ति गौचन ले ९ रन बनाएका थिए ।

नेपाल को ब्याटिङ ध्वस्त बनाउने क्रम मा नेदरल्यान्ड का बलर कप्तान पिटर सिलर, फ्रेडेरिक र मिचेल रिपोन ले समान ३/३ बिकेट लिए भने बास डे लिड ले १ बिकेट लिएका थिए ।

यसअघि भिआरए क्रीकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलि नेदरल्यान्ड ले ४७.४ ओवर मा अलआउट हुँदै १ सय ८९ रन बनाउन सफल भएको थियो ।

१ सय ८९ रन बनाउने क्रम मा नेदरल्यान्ड का मिचेल रिपोन ले सर्वाधिक अर्थसतकिय ५१ रनको पारी खेले , ७६ बलको सामना गरेका उनले नेदरल्यान्ड को ईनिग बढाउन महत्त्वपूर्ण योगदान गरे । पहिलो बिकेट २.३ ओवर मा सोमपाल कामि को बल मा डेन टेर ब्राक लाई १ रन मा गुमाएको भए पनि यसपछि भने ब्याट्सम्यान ले सुझबुझ तरिकाले ब्याटिङ गरेका थिए । यसपछि दोस्रो बिकेट टिम को ५० रन हुदाँ ७.४ ओवर मा वेन कोपर लाई ब्यक्तिगत २० रन मा गुमाएको थियो उनले १७ बलको सामना गर्दै ४ चौका र १ छ्क्का को मद्दत मा उक्त रन बनाएका थिए । यसपछि स्टेफन मिबुर्घ ले २९ रन को पारी खेले भने वेश्लेय बर्नेसी ले १२ रन को पारी खेलेका थिए । यस्तै पाचौं बिकेट को लागि बास डे लिड ले ३० रनको पारी खेलेका थिए । यस्तै कप्तान पिटर सिलर ले ५ रन बनाउन सफल भएका थिए ।

बलिग तर्फ नेपाल का लागि कप्तान पारस खडका ले किफायती बलिग गरे उनले पुरै १० ओवर गर्दै मात्र २६ रन खर्चिएर सर्बाधिक ४ बिकेट हात पारे । साथै सोमपाल कामी ले ३ बिकेट लिदाँ सन्दिप , करन केसि र वसन्त रेग्मी ले समान १/१ विकेट हात पारे ।

अब नेपाल ले सिरिज को अन्तिम खेल यहि आउदो शुक्रबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्