onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाली क्रीकेट को एतिहासिक दिन : अगस्ट १ र ३ तारिख

सलमान शाह , अनलाईन खेलखबर || सन १९८८ मा अन्तर्राष्ट्रिय क्रीकेट काउन्सिल ( आईसिसी ) को सदस्यता लिएको नेपाल ले सन १९९६ मा एसोसियट रास्ट को मान्यता प्राप्त गर्दै करिव २२ बर्ष पछि सन २०१८ मा नेपाल ले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाएको छ । लामो क्रीकेट ईतिहास बोकेको नेपालि क्रीकेट अहिले निकै नै एतिहासिक घडी मा रहेको अबस्था छ , जिम्बाबे मा बिश्वकप छनोट बाट उत्कृष्ट हुँदै नेपाल ले ४ बर्ष अर्थात सन २०२२ सम्म का लागि अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाएको छ । जुन आफै मा नेपालि क्रीकेट को हाल सम्मकै उच्च स्थानको उपलब्धि हो ।

यसै सन्दर्भ मा नेपाल ले एकदिवसीय मान्यता प्राप्त गरे सगै पहिलो पट्क एकदिवसिय सिरिज खेल्दैछ नेदरल्यान्ड बिरुद्द यो सिरिज केबल सिरिज मात्र रहने वाला पक्कै छैन , नेपाली क्रीकेट को सफलता सगँ प्रस्ट जोडिएको छ । यस अर्थ मा पनि यो सिरिज ले निकै महत्त्वपूर्ण राख्छ र नेदरल्यान्ड बिरुद्द को खेल अगस्ट १ र ३ तारिख पनि नेपाली क्रीकेट को ईतिहास मा अ्मर बनेर सदा सदा रहिरहने पक्का छ ।

अहिले नेपाली क्रीकेट गोल्डेन समय मा रहेको पनि भनिन्छ , लामो ईतिहास बोकि निकै समस्या कठिनाई भोग्दै भोग्दै यहाँ सम्म आईपुग्नु आफै मा एक अचम्मित पार्ने कुरा छ , जे छ खेलाडी को अनुशासन , मेहनत , सफलता प्राप्ती गर्ने एक भोक हो यहि छ । बाकी कुरा हामी सबैलाई थाहा भएकै कुरा हो ।

गर्व पनि लाग्छ , हामी लाई खुशी दिने माध्यम बनेको छ क्रीकेट , सारा नेपालि खुशी हुने एउटा कुरा के हो भन्दा सुरुमा आउँछ नेपाली क्रीकेट को सफलता हो हामी गर्ब का साथ भन्छौ र सदैभ जुनसुकै अबस्थामा पनि हामी लाई खुशी दिने , देशको नाम बिश्व जगत मा चिनाउने खेलाडी लाई सदैभ साथ र माया दिन नेपाली समर्थन पछि पर्दैनन त्यसको उदाहरण दिनै पर्छ भन्ने लाग्दैन उदाहरण फिक्का हुन आउँछ , हामी यसरी जोडिसकेका छौ कि हामी लाई एक एक क्रीकेट को गतिविधि , प्रदशन सगँ हामि जोडिएका छौ । जो नेपालि क्रीकेट र खेलाडी हरु को उपलब्धि को एउटा मुख्य प्रेरणा र उत्साह को पाटो बन्ने गरेको छ । जसरी सारा नेपाली को माया पाउँछन खेलाडी लाई अझ मेहनत गर्ने र देशको नाम बिश्व मा चिनाउन झन उर्जा मिल्ने गरेको प्रस्टै खेल मैदान मा देखिएको हुन्छ ।

सोही लय का साथ नेपाली क्रीकेट टोलि यहि आउदो बुधवार र शुक्रबार नेदरल्यान्ड बिरुद्द मैदान मा उत्रिने छ । अहिले नेपालि क्रीकेट टोलि ले यस एतिहासिक महत्त्वपूर्ण घडिलाई अझ यादगार बनाउने लक्ष्य का साथ नेदरल्यान्ड पुगिसकेका छ्न । पछिल्लो यहि आईतवार क्रीकेट को मक्का को उपनाम ले बिश्व मा चिनिएको लर्डस मा नेपाल ले स्वयम नेदरल्यान्ड र एमसिसि क्लब सगँ त्रिकोणात्मक टि – ट्वान्टी सिरिज खेल्यो बर्षा ले प्रभावित खेल मा नेपाल र नेदरल्यान्ड संयुक्त रुपमा सिरिज को बिजेता भएका थिए । जहाँ लामो अन्तराल पछि नेपाल अन्तर्राष्ट्रिय मैदान मा उत्रिएको थियो ।

एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपाल ले नेदरल्यान्ड विरुद्ध २ वटा खेल हुनेछ जसले एक दिवसीय मान्यता पाएपछि पहिलो पटक खेल्न लागेको नेपाली क्रिकेट टिममा उत्साह आफै मा थपेको छ ।

एकदिवसिय मा कान्छो नेपाली क्रीकेट ले एतिहासिक खेल नजिक हुदै गर्दा ईतिहास त आफै मा लेखिने छ साथ साथै यहाँ सम्म आई पुग्दा नेपाली क्रीकेट सगँ जोडिएका पुर्ब खेलाडी प्रशिक्षक तथा क्रीकेट सगँ जोडिएका बिगत र बर्तमान का सम्पुर्ण लाई यसले एउटा खुखद अनुभुती पक्कै दिने छ । विशेष गरि बर्तमान कप्तान पारस खड्का उनकै कार्यकाल मा नेपाल ले यहाँ सम्म को यात्रा तय गरेको छ , लामो समय नेपाली क्रीकेट लाई सम्हालेका कप्तान पारस को यहाँ सम्म आईपुग्दा ठूलो योगदान रहयो , साथै शक्ति गौचन , वसन्त रेग्मी , ज्ञानेन्द्र मल्ल , शरद भेषावकर जस्ता खेलाडि को साथ ले यहाँ सम्म को नेपाली क्रीकेट आईपुग्यो । पुर्ब खेलाडी , प्रशिक्षक तथा क्रीकेट पदाधिकारी को साथ मा साथ मिलाउदै अहिले को यो पुस्ता ले नेपाल लाई क्रीकेट ईतिहास कै सबैभन्दा ठूलो उपलब्धि दिलाएका छ्न । यश अर्थ मा यो सफलता सबै सगँ जोडिएको छ र माहोल निकै उत्साहित बनेको छ ।

नेपाल लाई आफ्नै नेतृत्व मा एकदिवसीय मान्यता दिलाउन सफल कप्तान पारस खडका को युरोप भ्रमण जानू अघि भनेका कुरा सापटी लिदा उनले भनेका थिए ” सबैको चाहाना थियो कि नेपालि क्रीकेट त्यो स्थान मा पुगोस ” हो नेपाल आज त्यहाँ पुगेर पनि पहिलो पाईला चाल्दै छ ।

एकदिवसिय क्रीकेट को पहिलो पाईला नेदरल्यान्ड सगँ चाल्दै गर्दा खेलको पनि मुल्यांकन गर्नु पर्छ एकदिवसीय मा नेपाल भन्दा नेदरल्यान्ड को अनुभव राम्रो छ , खेल लाई नियाल्दा त टिम को स्तर एउटै नै जस्तो देखिए पनि दुबै टिम का लागि चुनौती एक अर्का बिच अबस्य छ । हेड टु हेड मा नेदरल्यान्ड नेपाल सामु हाबी छ , पछिल्लो पटक जिम्बाबे मा भएको एकदिवसीय बिश्वकप छ्नोट मा भेट हुदाँ नेदरल्यान्ड ले ४५ रनले नेपाल लाई पराजित गरेको थियो ।

तर नेपाल क्रीकेट टोलि को एउटै लक्ष्य रहेको छ यस एतिहासिक दिन लाई अझ यादगार गराउन , टिम ले राम्रो खेल्ने मा बिस्वस्त छ , खेलाडी हरु पनि पूरा फिट भएको अबस्था छ , बिपक्षी लाई टक्कर दिदै नेपाल को लक्ष्य प्रस्टै देखिन्छ लक्ष्य जित्नु नै हो । र यस महत्त्वपूर्ण घडी लाई सुनौलो उपहार मा परिणत गर्न नेपाली क्रीकेट टोलि चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्