onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल र नेदरल्यान्ड बिचको एतिहासिक एकदिवसीय सिरिज को लाईभ अब कान्तिपुर टेलिभिजन बाट

साउन १४ , अनलाईन खेलखबर । यहि आउदो बुधवार र शुक्रबार का दिन हुन गईरहेको नेपाल र नेदरल्याण्ड्स बीचको पहिलो ऐतिहासिक एकदिवशीय क्रिकेट सिरिज को प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजन ले गर्ने भएको छ ।

पछिल्लो समय नेपाली क्रीकेट को सफलता सगैँ नेपाली क्रीकेट लाई पछ्याउने हरुको।सङ्ख्या बढदै गर्दा नेपाल को लोकप्रिय खेल क्रीकेट लाई सजिलै हेर्ने चाहना सबैमा भएको भन्दै कान्तिपुर ले प्रत्यक्ष हेर्ने बाताबरण मिलाएको हो ।

अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाए सगैँ पहिलो पटक सिरिज खेल्न लाग्दै गर्दा यो एतिहासिक क्षण को साची अब सारा नेपाली हुने बाताबरण सिर्जना भएको छ । धेरै को कामना आग्रह पनि यसअघि रहदै आएको थियो कसैले यो प्रत्यक्ष टेलिभिजन मा हेर्ने ब्यबस्था मिलाईदिए हुन्थ्यो भने रहदै आएको थियो जसको ब्यबस्था कान्तिपुर टेलिभिजन ले गर्ने भएको छ ।

बिनोद पान्डेय को टुईटर ह्यान्डल बाट – पान्डेय कान्तिपुर कर्मी वरिष्ठ खेल पत्रकार हुन ।

युरोप भ्रमण मा निस्किएको नेपाली क्रीकेट टोलि ले ईङ्ल्यान्ड स्थित क्रीकेट को मक्का भनेर चिनिने लर्डस मा नेपाल , नेदरल्यान्ड र एमसिसि क्लब बिचको त्रिकोणात्मक सिरिज आइतबार खेलेको थियो वर्षा ले प्रभावित भएको सिरिज नेपाल र नेदरल्यान्ड ले सयुक्त रुपमा जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्