onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल र नेदरल्याण्ड त्रिकोणात्मक टि-ट्वान्टी सिरिजको संयुक्त विजेता

साउन १४ , अनलाईन खेलखबर || क्रीकेट को
मक्का भनेर चिनिने ईङल्यान्ड स्थित लर्डस मा सम्पन्न नेपाल , नेदरल्यान्ड र एमसिसि क्लब बिचको त्रिकोणात्मक टि – ट्वान्टी सिरिज को सयुक्त रुपमा नेपाल र नेदरल्यान्ड बिजेता भएका छ्न ।

सिरिज को अन्तिम खेल पनि पानी ले प्रभावित हुन पुग्दा सिरिज को बिजेता सयुक्त रुप मा घोषणा गरिएको हो । एमसिसि विरुद्ध जित निकालेका थिए दुबै टिमले पहिलो मा नेदरल्यान्ड ले १० रन को जित निकाल्दा दोस्रो मा एमसिसि नेपाल सगँ ९ बिकेट ले पराजित भएको थियो । दुबै खेल बर्षा ले प्रभावित भएका थिए र खेल लाई ६ ओवर मा घटाएर खेलाईएको थियो ।

सिरिज को अन्तिम खेल मा टस हारेर पहिला व्याटिङ गरेको नेदरल्याण्ड्सले १६४ रन बनाउँदा पानी पर्न शुरु गरेको थियो । १६.४ ओभरमा पानी पर्न शुरु गरेपछि रोकिएको खेल पछि हुन सकेन र खेल रद्द हुन पुगेको थियो ।

नेदरल्याण्ड्सका वेस्ले बेरेसीले ४४ रन बनाउँदा रियान टेन डसस्केचले ३७ रन जोडे । नेपालका करन केसि , सोमपाल कामी र बसन्त रेग्मी ले १/१ विकेट लिएका थिए ।

अब नेपाली क्रीकेट टोलि सिदै नेदरल्यान्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ । जहाँ नेपाल ले यहि आउदो अगस्ट १ र ३ मा नेदरल्यान्ड विरुद्ध एतिहासिक एकदिवसिय सिरिज खेल्नेछ । अन्तर्राष्ट्रिय एकदिवसिय मान्यता पाए सगैं नेपाल को यो पहिलो सिरिज हो ।

प्रतिक्रिया दिनुहोस्