onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

त्रिकोणात्मक टि – ट्वान्टी सिरिज को दोस्रो खेल मा नेपाल बिजयी

साउन १३ , अनलाईन खेलखबर || लर्डस क्रिकेट मैदान मा अहिले जारि नेपाल नेदरल्यान्ड र मेरिलेबोन क्रिकेट क्लव(एमसिसि ) को त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज को दोस्रो एममिसि र नेपाल बिचको खेल मा नेपाल ९ बिकेट ले बिजयी भएको छ ।

बर्षा ले प्रभावित गरेपछि पुर्ब निर्धारित समय भन्दा पछि ६ ओवर मा घटाएर खेललाई सुरुवात गरिएको थियो । ईङल्यान्ड स्थित सिरिज आयोजना भएको क्रीकेट को मक्का भनेर चिनिने लर्डस क्रीकेट मैदान मा बिहानै देखि पानी परिरहेको हुँदा खेल समय प्रभावित हुन पुगेको थियो । एमसिसि र नेदरल्यान्ड बिचको पहिलो खेलपनि पानी का कारण ६ ओवर मा घटाएर खेलाईएको थियो जहाँ नेदरल्यान्ड १० रनले बिजयी भएको छ ।


आज सिरिज को दोस्रो खेल मा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलि एमसिसि क्लब ले निर्धारित ६ ओवर मा ४ बिकेट गुमाएर ४० रन मात्र बनाउन सफल भयो । जस मा एमसिसि को कप्तानी गरिरहेका पुर्ब श्रीलंकाली भेट्रान खेलाडी माहेला जयबर्दने ले अबिजित रहदै सर्बाधिक २४ रन बनाएका थिए उनले १६ बलको सामना गर्दै ४ चौका प्रहार गरेका थिए ।

बलिग तर्फ नेपाल का लागि सोमपाल कामी ले २ ओवर गर्दै ८ रन खर्चिएर २ बिकेट् लिएका थिए । भने शक्ति गौचन ले पनि १ बिकेट लिएका थिए ।

४१ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको नेपाल ले लक्ष्य ४.४ ओवर मा मात्र १ बिकेट गुमाएर भेटायो ।

पहिलो बिकेट को रुपमा २.३ ओवर मा ओपनर अनिल कुमार शाह लाई ९ रन मा गुमाएको भए पनि सुबाश खकुरेल र ज्ञानेन्द्र मल्ल को अबिजित पारी को मद्दत मा नेपाल ले एमसिसि विरुद्ध सहज जित हात पार्यो । सुबाश ले १६ रन बनाए भने मल्ल ले १२ रनको पारी खेलेका थिए ।

यो खेल पछि अब लगत्तै सिरिज को अन्तिम खेल मा नेपाल र नेदरल्यान्ड भिडने छ्न । आईसीसी ले अन्तर्राष्ट्रिय टि -ट्वान्टी को मान्यता समेत दिएको यो खेल भने निर्धारित २० ओवर पुरै को हुनेछ ।

प्रतिक्रिया दिनुहोस्