onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कोलकता पाँचौ जितको खोजिमा

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज आईतबार दिनको पहिलो खेलमा कोलकता नाइट राइडर्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ ।

नेपाली समय अनुसार दिउँसो पौने ४ बजेपछि आबुधाबीस्थित शेख जायद रंगशालामा सुरु हुने खेलमा कोलकता पाँचौ जितको खोजिमा रहने छ ।

यसअघि प्रतियोगितामा ८ खेल खेलिसकेको कोलकताले ४ खेलमा जित हासिल गर्दै ८ अंकसहित अंकतालिकाको चौथों स्थानमा रहेको छ ।

कोलकता भन्दा माथि १२ अंकसहित रोयल च्यालेन्जर्स बेंगलोर रहेको छ । तसर्थ आज कोलकता हैदराबादलाई हराउँदै अंकतालिकाको दुरी घटाउने रणनीतिमा हुनेछ ।

यसअघि लिग चरणको पहिलो भेटमा पनि कोलकताले हैदराबादलाई ७ विकेटले पराजित गरेको थियो ।

तर पछिल्लो अवस्था हेर्दा इयोन मोर्गनको कप्तानीमा रहेको कोलकतालाई त्यती सहज भने पक्कै हुने छैन।

डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबादविरुद्ध जित निकाल्न कोलकतालाई पक्कै कठिन हुनेछ ।

अघिल्ला ८ खेलमा ३ खेलमा जित निकाल्दै ६ अंकसहित हैदराबाद अंकतालिकाको पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्