onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज मा बर्षा बाधक बन्दै : एमसिसि र नेदरल्यान्ड बिचको पहिलो खेल वर्षा को कारण रद्द

साउन १३ , अनलाईन खेलखबर ||लर्डस क्रिकेट मैदान मा लगातार पानी परिरहेपछी मेरिलेबोन क्रिकेट क्लव(एमसिसि )
नेदरल्याण्ड्स र नेपाल को त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज को पहिलो खेल एमसिसि र नेदरल्यान्ड बिचको खेल रद्द हुन पुगेको छ ।

बिहानै देखि पानी परिरहेको हुदाँ एमसिसि र नेदरल्यान्ड बीचको खेल हुन सकेन । लगातार रुपमा पानी परिरहेको हुदाँ त्रिकोणात्मक सिरिज को पहिलो खेल प्रभावित हुन पुग्यो ।

पहिलो खेल रद्द हुन पुगे पनि यसपछि नेपाली समयानुसार साँझ ६ बजे हुने एमसीसी र नेपाल र राति सवा १० बजे देखि नेदरल्याण्ड्स र नेपाल बीच तय भएको खेल भने हुने सम्भावना रहेको छ । यद्यपि अहिले नै भनिसक्ने अबस्थामा भने छैन मैदान वरपरका अझै मौसम खुल्न सकेको छैन । मौसम ले साथ दिएको खण्ड मा मात्र खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्