onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बेंगलोर छ्ठौं जितको खोजिमा

एजेन्सी । विराट कोहलीको कप्तानी रहेको रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आज आफ्नो नवौं खेलमा राजस्थान रोयल्सको सामना गर्दैछ ।

नेपाली समय अनुसार दिउँसो पौने ८ बजेपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा बेंगलोर छ्ठौं जितको खोजिमा रहने छ ।

हालसम्म ८ खेल खेलिसकेको बेंगलोरले ५ खेलमा जित र ३ मा हार ब्यहोर्दै अंकतालिकामा १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

यता बेंगलोरलाई आज टक्कर दिन लागेको राजस्थान ८ खेलबाट ५ खेलमा हार र ३ खेलमा जित निकाल्दै ६ अंकसाथ अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

विषेशत :आजको यस खेल राजस्थानले जितेको खण्डमा प्रतियोगितामा थप रोमाञ्चक थपिनेछ । प्ले अफ समीकरण झन रोचक बन्ने छ् । बाटो सबैका लागि उत्तिकै खुल्ला रहनेछ ।

तर राजस्थानका लागि भने त्यति सहज भने पक्कै देखिदैन । दुबै टोलीको बलियो पक्षनै ब्याटिङ रहेको छ । जसमा बेंगलोर ब्याट्सम्यानले आफ्नो भूमिका निर्वाह गरिरहदा राजस्थानका ब्याट्सम्यानले त्यो भूमिका निर्वाह गर्नबाट चुकिरहेका छन् ।

तीन मुख्य विदेशी खेलाडीको साथ रहेको राजस्थानको फिनिसिङ पक्ष निकै कमजोर बनेको छ । अब राजस्थानले प्रतियोगितामा केही गर्नु छ भने मध्य क्रमका ब्याट्सम्यानलाई सुरुमा उत्तार्दै त्यसपछि जस बटलर , स्मिथ र बेन स्टोक्सले ब्याटिङ गर्न आवस्यक छ ।

यसरी हेर्दा यो खेल ब्याट्सम्यान केन्दित हुनेछ । बेंगलोरतर्फबाट विराट कोहली , आरोन फिन्च र एबीमा सबैको नजर जार्दा यता राजस्थानमा
जस बटलर , स्मिथ र बेन स्टोक्सप्रति सबैको नजर पर्नेछ ।

लिगमा यसअघिको भेट

लिग चरणमा यसअघि भेट हुँदा बेंगलोरले राजस्थानलाई ८ विकेटले पराजित गरेको थियो । आबुधाबी स्थिग शेख जायद रंगशालामा भएको खेलमा राजस्थानले प्रस्तुत गरेको १ सय ५५ रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको बेंगलोरले उक्त चुनौतीलाई १९.१ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो ।

जसमा कप्तान विराटले कप्तानी पारी खेलेका थिए । त्यस अघिका तीन खेलमा सस्तैमा आउट हुन् पुगेका विराटले उक्त खेलमा भने सर्वाधिक ठूलो पारी खेलेका थिए । ५३ बलको सामना गरेका उनले ७ चौका र २ छक्कासहित अविजित रहदै ७२ रनको योगदान गरे ।

यस्तै टिमका लागि ओपनर देवदत्त पडिक्कलले ६३ तथा आरोन फिन्चले ८ रनको योगदान पुर्याउदा एबी डीविलियर्स १२ रनमा अविजित रहेका थिए ।

बलिङतर्फ जोफ्रा आर्चर र श्रेयस गोपालले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

राजस्थानले उक्त योगफल बनाउने क्रममा उसका लागि २० वर्षिय युवा खेलाडी महिपाल लोमरोरले सर्वाधिक ४७ रनको योगदान गरेका थिए ।

बलिङतर्फ बेंगलोरका युजवेंद्र चहलले सर्वाधिक ३ तथा उदानाले २ र नवदीप सैनीले १ विकेट लिएका थिए । चहल खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्