onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अाज नेपाल ले लर्डस मा त्रिकोणात्मक टि – ट्वान्टी क्रिकेट खेल्दै

साउन १३ , अनलाईन खेलखवर || आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेटको मक्का भनेर चिनिने ईङल्यान्ड स्थित एतिहासिक लर्डस क्रिकेट मैदानमा मेरिलेबोन क्रिकेट क्लव( एमसीसी) र नेदरल्याण्ड्सको राष्ट्रिय टोलीबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेल्दैछ ।

केही दिन अघि नै ईङल्यान्ड पुगेको नेपाली क्रीकेट टोलि ले त्यही रहेर स्थानिय क्लब सगँ पनि अभ्यास खेल खेलेको थियो । सिरिज मैत्रीपुर्ण भएता पनि नेदरल्यान्ड र नेपाल को भने आईसीसी ले अन्तर्राष्ट्रिय टि -ट्वान्टी को मान्यता दिएको छ ।

आज दिउँसो नेपालि समय अनुसार ३ बजे नेदरल्याण्ड्स र एमसीसीबीच पहिलो खेल हुनेछ यसपछि नेपाल ले नेपाली समय अनुसार साँझ सवा ६ बजे एमसीसी सँग खेल्नेछ भने साढे १० बजे नेदरल्याण्ड् विरुद्ध खेल्दैछ । स्मरणीय रहोस एमसीसीको कप्तानी श्रीलंका का महान क्रिकेटर माहेला जयबर्दने ले गर्नेछन् ।

त्रिकोणात्मक टि – ट्वान्टी सिरिज सिदिएपछी नेपाली टोली नेदरल्याण्ड्स तर्फ प्रस्थान गर्नेछ । जहाँ नेपाल ले आगामी अगस्ट १ र ३ तारीख मा नेदरल्यान्ड विरुद्ध एतिहासिक एकदिवसीय सिरिज खेल्नेछ जुन नेपाल को अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाए सगैँ पहिलो सिरिज हो ।

प्रतिक्रिया दिनुहोस्