onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बेंगलोरमाथि रोमान्चक जितमा कप्तान लोकेश उत्कृष्ट घोषित

एजेन्सी । किंग्स इलाभेन पन्जावका कप्तान समेत रहेका लोकेश राहुल प्लेयर अफ द म्याच घोषित भएका छन् ।

गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि रोमान्चक जित हासिल गर्ने क्रममा उनले कप्तानी पारी खेलेका थिए ।

जारी प्रतियोगितामा निकै राम्रो लयमा समेत देखिएका लोकेशले अविजित रह्दै उक्त खेलमा ४९ बलको सामना गर्दै १ चौका र ५ छ्क्कासहित ६१ रनको योगदान गरेका थिए ।जून पारीले पन्जावलाई जारी प्रतियोगितामा दोस्रो जित हासिल गर्न अग्रणी भूमिका निर्वाह गर्यो ।

यता शारजाह क्रिकेट रंगशालामा भएको उक्त खेल निकै रोमान्चक बन्न पुग्यो । खेलमा बेंगलोरले प्रस्तुत गरेको १ सय ७२ रनको चुनौतीलाई पन्जावले २ विकेट गुमाएर अन्तिम बलमा पूरा गरेको थियो ।

पन्जावलाई अन्तिम ओभरमा जितका लागि मात्र २ रनको आवस्यकता रहेको थियो । यस्तोमा मैदानमा कप्तान लोकेश राहुल र क्रिस गेल रहेका थिए भने बलिङ युजवेंद्र चहल रहेका थिए ।

उनले अन्तिम ओभर निकै राम्रो फाले । पहिलो र दोस्रो बल ड्ट फालेका उनले तेस्रो बलमा एक रन खर्चिँदा खेल थप रोचक मोडमा पुग्यो । स्कोर बराबरी हुन् पुग्यो ।

फेरी चौथों बल डट हुन् पुग्दा पाँचौ बलमा गेल आउट हुन् पुगे । अन्तिम बलमा निकोलोस पुरनले छ्क्का प्रहार गर्दै टिमलाई ८ विकेटले जित दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्