onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पन्जावसँग बेंगलोर फेरी स्तब्ध

एजेन्सी । किंग्स इलाभेन पन्जावले युएईमा जारी इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा दोस्रो जित हासिल गर्न सफल भएको छ ।

प्रतियोगितामा दोस्रो जित हासिल गर्ने क्रममा बिहिबार राति भएको खेलमा पन्जावले रोयल च्यालेन्जर्स बेंगलोरलाई रोमान्चक बनेको खेलमा ८ विकेटले पराजित गरेको छ । यसअघि पनि पन्जावले बेंगलोरलाई ९७ रनले पराजित गरेको थियो ।

यो जितसँगै ८ खेल खेलेको पन्जावले अंकतालिकामा ४ अंक जोडेको छ । भने पराजित हुन् पुगेको बेंगलोरले अंकतालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । हालसम्म ८ खेल बेंगलोर १० अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको छ ।

यता बेंगलोरले प्रस्तुत गरेको १ सय ७२ रनको विजयी चुनौतीलाई पन्जावले अन्तिम बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

पन्जावलाई प्रतियोगितामा दोस्रो जित दिलाउने क्रममा उसका लागि कप्तान लोकेश राहुल , मंयाक अग्रवाल र क्रिस गेलले राम्रो ब्याटिङ गरे ।

मध्यम विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको पन्जावले सुरुवातबाटै सानदार ब्याटिङ प्रस्तुत गरेको थियो ।

७.६ ओभरमा टिमको स्कोर ७८ रन हुँदा पन्जावले पहिलो विकेटका रुपमा मंयाक अग्रवाललाई गुमाएको थियो । युजवेंद्र चहलको बलमा आउट हुनुअघि उनले २५ बलको सामना गर्दै ४ चौका र ३ छ्क्कासहित ४५ रन बनाएका थिए ।

त्यसपछि कप्तान लोकेश राहुल र गेलको जोडीले टिमलाई जिततर्फ डोराए । त्यस क्रममा लोकेशले अविजित रहदै ४९ बलको सामना गर्दै १ चौका र ५ छ्क्कासहित ६१ रनको योगदान गर्दा सिजनमा पहिलो खेल खेलेका गेलले ५३ रन जोडे ।

१९.५ ओभरमा रन आउट हुन् पुगेका उनले उक्त रन बनाउने क्रममा ४५ बलको सामना गर्दै १ चौका र ५ छ्क्का समेत प्रहार गरे । यस्तै निकोलोस पुरन ६ रनमा अविजित रहेका रहे ।

त्यसअघि शारजाह क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

टिमले मध्यम योगफल बनाएको भएपनि सुरुवाती अवस्थामा बेंगलोर आक्रमक शैलीमा प्रस्तुत भएको थियो । तर उक्त शैली टिक्न भने सकेन ।

यसैबीचमा ४.१ ओभरमा टिमको स्कोर ३८ रन हुँदा देवदत्त आउट हुन् पुगे । १२ बलको सामना गरेका उनले १ चौका र १ छ्क्कासहित १८ रन बनाए ।

देवदत्त आउट भएपछि अर्का ओपनर आरोन फिन्च पनि २० रन बनाएर आउट हुन् पुगेका थिए । त्यसपछि वाशिंगटन सुन्दरले १३ रन र सिभव दुबेले २३ रन बनाए ।

सिभवपछि टिमले एबी डि भिलियर्सलाई सस्तैमा गुमायो । १७.३ ओभरमा टिमको स्कोर १ सय ३४ रन हुँदा मोहम्मद शामीको बलमा आउट हुन् पुगेका उनले मात्र २ रन बनाए ।

सोही क्रममा मोहम्मद शामीले सोही ओभरको पाँचौ बलमा टिमका लागि ठूलो विकेट लिएका थिए । राम्रो लयमा रहेका विराटलाई उनले ब्यक्तिगत ४८ रनमा पभेलियनको बाटो देखाई दिएका थिए ।

इनिङकै सर्वाधिक ठूलो पारी खेलेका उनले उक्त रन बनाउने क्रममा ३९ बलको सामना गर्दै ३ चौका समेत प्रहार गरे ।

विराट पभेलियन फर्किएपछि अत्यमा क्रिस मोरिस र ईसुरु उदानाले अविजित रहदै क्रमशः२५ र १० रन बनाएका थिए ।

बलिङतर्फ पन्जावका मोहम्मद शामी र मुरुगन आश्विनले समान २/२ विकेट लिएका थिए । भने क्रिस जोर्डन र अर्शदीप सिंहले पनि १/१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्