पन्जावलाई बेंगलोरको मध्यम चुनौती

पन्जावलाई बेंगलोरको मध्यम चुनौती

एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो आठौं खेलमा किंग्स इलाभेन पन्जावलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको छ ।

टिमले मध्यम योगफल बनाएको भएपनि सुरुवाती अवस्थामा बेंगलोर आक्रमक शैलीमा प्रस्तुत भएको थियो । तर उक्त शैली टिक्न भने सकेन ।

यसैबीचमा ४.१ ओभरमा टिमको स्कोर ३८ रन हुँदा देवदत्त आउट हुन् पुगे । १२ बलको सामना गरेका उनले १ चौका र १ छ्क्कासहित १८ रन बनाए ।

देवदत्त आउट भएपछि अर्का ओपनर आरोन फिन्च पनि २० रन बनाएर आउट हुन् पुगेका थिए । त्यसपछि वाशिंगटन सुन्दरले १३ रन र सिभव दुबेले २३ रन बनाए ।

सिभवपछि टिमले एबी डि भिलियर्सलाई सस्तैमा गुमायो । १७.३ ओभरमा टिमको स्कोर १ सय ३४ रन हुँदा मोहम्मद शामीको बलमा आउट हुन् पुगेका उनले मात्र २ रन बनाए ।

सोही क्रममा मोहम्मद शामीले सोही ओभरको पाँचौ बलमा टिमका लागि ठूलो विकेट लिएका थिए । राम्रो लयमा रहेका विराटलाई उनले ब्यक्तिगत ४८ रनमा पभेलियनको बाटो देखाई दिएका थिए ।

इनिङकै सर्वाधिक ठूलो पारी खेलेका उनले उक्त रन बनाउने क्रममा ३९ बलको सामना गर्दै ३ चौका समेत प्रहार गरे ।

विराट पभेलियन फर्किएपछि अत्यमा क्रिस मोरिस र ईसुरु उदानाले अविजित रहदै क्रमशः२५ र १० रन बनाएका थिए ।

बलिङतर्फ पन्जावका मोहम्मद शामी र मुरुगन आश्विनले समान २/२ विकेट लिएका थिए । भने क्रिस जोर्डन र अर्शदीप सिंहले पनि १/१ विकेट लिएका थिए ।

अब बेंगलोरले प्रस्तुत गरेको १ सय ७२ रनको विजयी चुनौतीलाई पछ्याउँदै पन्जावले अबको केहि बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।