onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बेंगलोरलाई शीर्ष स्थानमा उक्लिने सुनौलो अवसर

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको आईपीएल टि -ट्वान्टी क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोर र किंग्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समय अनुसार राति पौने ८ बजेपछि शारजाह क्रिकेट रंगशालामा सुरु हुने खेलमा विराट कोहलीको कप्तानीमा रहेको बेंगलोर छैठौँ जितको खोजीमा हुनेछ ।

हाल अंकतालिकाको तेस्रो स्थानमा रहेको बेंगलोरले अघिल्ला ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ ।

यदी बेंगलोरले अंकतालिकाको पुछारमा रहेको पन्जावलाई उत्कृष्ट तरिकाले पराजित गरेको खण्डमा बेंगलोर पहिलो पटक अंकतालिकाको शीर्ष स्थान उक्लिने छ ।

तर, लोकेश राहुलको कप्तानीमा मैदान उत्रने पन्जाबलाई हराउन बैंगलोरलाई सहज हुने छैन । प्रतियोगितामा नतिजा आफ्नो पक्षमा निकाल्न नसकिरहेको भएपनि पन्जावले जुनबेला जुनसुकैलाई हराउने क्षमता भने राख्छ ।

यस सिजनमा सोचे अनुरुप नतिजा आफ्नो पक्षमा पार्न नसकिरहेको पन्जाब भने दोस्रो जित हात पार्न चाहन्छ । ७ खेलमा एक मात्र खेल जितेको पन्जाब अंकतालिकाको पुछारमा रहेको छ ।

पन्जावले एक मात्र जित निकाल्ने क्रममा बेंगलोरलाईनै फराकिलो अन्तरले पराजित गरेको थियो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा बेंगलोरमाथि पन्जावले ९७ रनले जित आत्मसाथ गरेको थियो ।

उक्त खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जावले निर्धारित २० ओभर पूरै खेल्दै ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो । त्यसपछि जवाफी ब्याटिङ गरेको बेंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा सिमित हुन् पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्