onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एसिया कप छ्नोट को खेल तालिका सार्बजनिक : नेपाल ले ओमान सगँ खेल्दै प्रतियोगिता को सुरुवात गर्ने

साउन ११ , अनलाईन खेलखबर || यहि आउदो अगस्ट २९ तारिख देखि सेप्टेम्बर ६ तारीख सम्म मलेसियामा आयोजना हुने एशिया कप छनोट को खेल तालिका आज शुक्रबार सार्बजनिक भएको छ ।

एसियन क्रीकेट काउन्सिल ( एसिसि ) ले आज सार्बजनिक गरेको खेल तालिका अनुसार नेपाल ले अगस्ट २९ तारिख मा ओमान सगँ पहिलो खेल खेल्दै प्रतियोगिता को सुरुवात गर्ने छ ।

आज सार्वजनिक गरेको खेल तालिका अनुसार
नेपाल सहित युएई, हङकङ, सिंगापुर, मलेसिया र ओमान गरि कुल ६ टिम सम्मिलित प्रतियोगिताको पहिलो दिनको खेलमा नेपाल र ओमान बाहेक आयोजक मलेसिया र हङकङ तथा युएई र सिंगापुर प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै नेपालले आफ्नो दोश्रो खेलमा अगष्ट ३० मा युएई बिरुद्ध खेल्नेछ । तेस्रो मा सेप्टेम्बर १ मा आयोजक मलेसिया सगँ खेल्नेछ । त्यस्तै नेपालले चौंथो खेल सेप्टेम्बर २ मा सिंगापुर बिरुद्ध र पाँचौं तथा अन्तिम लिग खेल मा हङकङ बिरुद्ध सेप्टेम्बर ४ मा प्रतिस्पर्धा गर्नेछ ।

लिग चरणमा सबै टोलीले एक अर्का बिचमा एक एक खेल खेल्ने गर्नेछ्न यसरी खेलेपछी अंकतालिका को पहिलो र दोश्रो स्थान मा हुने टोलीले सेप्टेम्बर ६ मा फाईनल खेल खेल्नेछन । बिजेता टोलि ले आउदो सेप्टेम्बर १३ देखि २८ सम्म युएई मा हुने एसिया कप क्रीकेट प्रतियोगिता खेल्नेछ । जहाँ बिजेता टोलि ले एसिया कप को समूह ” ए ” मा स्थान बनाउने छ जहाँ भारत र पाकिस्तान रहेका छ्न यस्तै समुह ” बि ” मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छ्न ।

नेपालको खेल तालिका

• अगष्ट २९ नेपाल बिरुद्ध ओमान, बायुमास ओभल

• अगष्ट ३० नेपाल बिरुद्ध युएई, किनरारा ओभल

• सेप्टेम्बर १ नेपाल बिरुद्ध मलेसिया, बायुमास ओभल

• सेप्टेम्बर २ नेपाल बिरुद्ध सिंगापुर, युकेएम ओभल

• सेप्टेम्बर ४ नेपाल बिरुद्ध हङकङ, युकेएम ओभल

प्रतिक्रिया दिनुहोस्