onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपीएल रोमाञ्चक बन्दै : एक नजर अंकतालिकामाथि

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) को ३० औं खेल सकिंदै गर्दा प्रतियोगिता थप रोमाञ्चक बन्ने संकेत देखिएको छ ।

अंकतालिकालाई हेर्दा प्ले अफ पुग्ने ४ टोलीबीच कडा प्रतिष्पर्दा हुने निश्चित छ । प्रतियोगिताको मध्य भन्दा पनि अगाडी बढदै गर्दा प्ले अफ पुग्ने सबै टोलीको सम्भावना खुल्लानै रहेको छ ।

हालसम्म नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित दिल्ली क्यापिटल्स अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । गएराति राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेसँगै दिल्ली अहिले अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

अंकतालिकाको शीर्ष स्थानमा रहने क्रममा ८ खेल खेलिसकेको दिल्लीले ६ खेलमा जित र २ खेलम हार ब्यहोर्दै १२ अंक जोडेको छ ।

यस्तै दिल्लीलाई साविकको विजेता मुम्बई इन्डियन्सले पछ्याईरहेको छ । प्रतियोगितामा ७ खेल खेलेको मुम्बई ५ खेलमा जित र २ खेलमा हार ब्यहोर्दै १० अंकसहित दोस्रो स्थानमा रहेको छ ।

तेस्रो स्थानमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर रहेको छ । ७ खेल खेलेको बेंगलोरको पनि अंकतालिकामा १० अंकनै रहेको छ । मुम्बईसँग समान १० अंक भएपनि नेट रनरेटमा पछि पर्दै बेंगलोर तेस्रो स्थानमा रहेको छ ।

यस्तै ८ अंकका साथ कोलकता नाइट राइडर्स चौथों स्थानमा रहेको छ । भने समान ६ अंकसहित सनराइजर्स हैदराबाद , चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स क्रमशः पाँचौ , छ्ठौं र सातौं स्थानमा रहेको छ ।

यता २ अंकसहित किंग्स इलाभेन पन्जाव अंकतालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्