onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दिल्लीको छ्ठौं जितमा एनरिच नॉर्टजे उत्कृष्ट घोषित

एजेन्सी । दिल्ली क्यापिटल्सका तीब्र गतिका बलर एनरिच नॉर्टजे प्लेयर अफ द म्याच घोषित भएका छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दा उनले राम्रो प्रदर्शन गरेका थिए ।

मुख्यतः उनले राजस्थानका लागि राम्रो गरिरहेका दुई ब्याट्सम्यानलाई पभेलियनको बाटो देखाईदिएका थिए ।

जसमा ओपनर ब्याट्सम्यान जोस बटलर र अनुभवी ब्याट्सम्यान रोबिन उथप्पा रहेका थिए । यी दुई क्रमशः २२ र ३५ रनमा आउट हुन् पुगेका थिए ।

आफ्नो स्पेलको ४ ओभर पूरै ब्याटिङ गरेका उनले ३३ रन खर्चिएर उक्त विकेट हात पारेका थिए ।

यस्तै उक्त खेलमा राजस्थानका जोफ्रा आर्चर गेम चेन्जर अफ द म्याच घोशीत हुँदा दिल्लीका शिखर धवन सुपर स्टाइकर अफ द म्याच र राजस्थानका सन्जु सामसन लेट्स क्यार्क इट्स सिक्सेज घोषित भएका थिए ।

यी सबैले जनही १/१ लाख भारतीय रुपिए प्राप्त गरे । यता एनरिच नॉर्टजेको टोली दिल्ली क्यापिटल्स अहिले अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

हालसम्म प्रतियोगितामा ८ खेल खेलिसकेको दिल्लीले ६ खेलमा जित र २ खेलमा हार ब्यहोर्दै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

प्रतिक्रिया दिनुहोस्