चेन्नईबाट हैदराबादलाई बलियो लक्ष्य प्राप्त
एजेन्सी । साविकको उप विजेता चेन्नई सुपर किग्सले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आफ्नो आठौं खेलमा सनराइजर्स हैदराबादलाई बलियो विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको छ ।
चेन्नईले बलियो योगफल बनाउने क्रममा उसका लागि शेन वाटसनले सर्वाधिक ठूलो पारी खेलेका थिए । ३८ बलको सामना गरेका उनले १ चौका र ३ छ्क्कासहित ४२ रन बनाएका थिए ।
यस्तै अम्बाती रायडुले पनि ४१ रन बनाउँदा साम कुरानले ३१ तथा कप्तान महेन्द्र सिंह धोनिले २१ रन बनाएका थिए । भने रविन्द्र जडेजा २५ रनमा अविजित रहेका थिए ।
बलिङतर्फ हैदराबादका सन्दीप शर्माले र खलिल अहमद र नटराजनले समान २/२ विकेट हात पारेका थिए ।