onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एबी डि भिलियर्स चम्कँदा बेंगलोरको विशाल योगफल

एजेन्सी । एबी डि भिलियर्सले आक्रमक शैलीमा ब्याटिङ गरेपछि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो सातौं खेलमा कोलकता नाइट राइडर्ससामू विशाल योगफल खडा गरेको छ ।

शारजाह क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभर पूरै खेल्दै मात्र २ विकेट गुमाएर १ सय ९४ रन बनाएको छ ।

बेंगलोरले यो योगफल खडा गर्ने क्रममा उसका लागि ओपनरद्वय आरोन फिन्च र देवदत्तले राम्रो सुरुवात दिलाएका थिए । यी दुईबीच ६७ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो ।

७.४ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका देवदत्तले ३२ रनको योगदान गरेका थिए । आन्द्रे रसेलको बलमा आउट हुनुअघि उनले उक्त रन बनाउने क्रममा २३ बलको सामना गर्दै ४ चौका र १ छ्क्का समेत प्रहार गरे ।

देवदत्त आउट भएपछि १२.२ ओभरमा अर्का ओपनर आरोन फिन्च पनि आउट हुन् पुगे । प्रशिद्व कृष्णको बलमा आउट हुनुअघि उनले ३७ बलको सामना गर्दै ४ चौका र १ छ्क्कासहित ४७ रन बनाएका थिए ।

त्यसपछि टिमको इनिङलाई कप्तान विराट कोहली र एबी डि भिलियर्सले अगाडी बढाएका थिए । अविजित रहेका दुबैले सानदार ब्याटिङ समेत गरे । जसमा एबी डि भिलियर्सले ३३ बलको सामना गर्दै ५ चौका र ६ छ्क्कासहित ७३ रन बनाए भने विराटले पनि ३३ रन थपेका थिए ।

अब बेंगलोरले प्रस्तुत गरेको १ सय ९५ रनको विजयी चुनौतीलाई पछ्याउँदै कोलकताले अबको केहि बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्