onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मुम्बई पुन : शीर्ष स्थानमा

एजेन्सी । साविकको च्याम्पियन समेत रहेको मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा पुन: अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

आईतबार राति भएको खेलमा राम्रो लयमा देखिएको दिल्ली क्यापिटल्सलाई रोमान्चक बनेको खेलमा ५ विकेटले पराजित गरेसँगै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

शीर्ष स्थानमा रहने क्रममा हालसम्म ७ खेल खेलेको मुम्बईले ५ खेलमा जित र २ खेलमा हार ब्यहोर्दै १० अंकसहित अंकतालिकाको पहिलो स्थानमा रहेको छ ।

जसलाई दिल्ली क्यापिटल्सले पछ्याईरहेको छ। दिल्ली मुम्बईसँग नेट रनरेटले पछि रहदै दोस्रो स्थानमा रहेको छ । मुम्बई जस्तै ७ खेल खेलेको दिल्लीले ५ खेलमा जित र २ खेल गुमाउँदै अंकतालिकामा १० अंक जोडेको छ ।

यस्तै कोलकता नाइट राईडर्स ८ अंकसहित तेस्रो स्थानमा रहदा ८ अंकनै रहेको रोयल च्यालेन्जर्स बेंगलोर चौथों स्थानमा रहेको छ ।

भने पाँचौ, छ्ठौं र सातौंमा क्रमश: सनराइजर्स हैदराबाद , राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स रहेका छन् । जसमा हैदराबाद र राजस्थानको ६ अंक रहदा चेन्नईको ४ अंक रहेको छ ।

यस्तै २ अंकसहित किंग्स इलाभेन पन्जाव अंकतालिकाको पुछारमा रहेको छ । हालसम्म ७ खेल खेलिसकेको पन्जावले ६ खेल गुमाउँदा एक खेल मात्र आफ्नो पक्षमा पारेको छ ।

प्रतिक्रिया दिनुहोस्