onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मनिष पाण्डेको अर्धशतकमा हैदराबादले राजस्थानलाई दियो प्रतिष्पर्दात्मक लक्ष्य

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत आफ्नो सातौँ खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्ससामू प्रतिष्पर्दात्मक विजयी चुनौती प्रस्तुत गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको छ ।

हैदराबादले यो स्कोर बनाउने क्रममा उसका लागि मनिष पाण्डेले सर्वाधिक ठूलो पारी खेलेका थिए ।४४ बलको सामना गरेका उनले २ चौका र ३ छक्कासहित ५४ रन बनाएका थिए ।

त्यसअघि टिमका लागि जोनी बेयरस्टोले १६ रन बनाए । ४.४ ओभरमा टिमको स्कोर २३ रन हुँदा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका उनले उक्त रन बनाउने क्रममा १९ बलको सामना गर्दै १ छक्का समेत प्रहार गरे । उनि कार्तिक त्यागिको बलमा आउट हुन् पुगेका थिए ।

बेयरस्टो आउट भएपछि राम्रो ब्याटिङ गरिरहेका डेविट वार्नर जोर्फ्रा आर्चरको बलमा आउट हुन् पुगे ।१४.४ ओभरमा टिमको स्कोर ९६ रन हुँदा दोस्रो विकेटका रुपमा आउट हुन् पुगेका उनले त्यस क्रममा ३८ बलको सामना गर्दै ३ चौका र २ छक्कासहित ४८ रन बनाए ।

यस्तै टिमका लागि प्रियम गर्गले १५ तथा केन विलियमसनले अविजित रहदै २२ रन थपेका थिए ।

बलिङतर्फ राजस्थानका जयदेव , कार्तिक र जोफ्राले समान १/१ विकेट लिएका थिए।

अब हैदराबादले प्रस्तुत गरेको १ सय ५९ रनको विजयी चुनौतीलाई पछ्याउदै राजस्थान रोयल्सले अबको केहि बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्