onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

हैदराबादले टस जित्यो : रोज्यो ब्याटिङ

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आफ्नो सातौं खेलमा सनराइजर्स हैदराबादले सुरुमा ब्याटिङ गर्ने भएको छ ।

भर्खरै दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको टसमा टस जितेर हैदराबादले सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको छ ।

जारी प्रतियोगितामा ६ खेल खेलिसकेको राजस्थानले २ खेल जित्दा ४ खेल गुमाएको छ । र अहिले ४ अंकसहित अंकतालिकाको सातौं स्थानमा रहेको छ ।

राजस्थानले प्रतियोगिताको सुरुवाती दुई खेल जितेको थियो भने त्यसपछि सबै खेल गुमाएको छ ।

यता अहिले राजस्थानको सामना गर्न लागेको हैदराबादको पनि प्रतियोगितामा त्यति सन्तोषजनक प्रदर्शन भईरहेको छैन ।

हालसम्म ६ खेल खेलेको हैदाराबादले ३ मा जित र ३ खेलमा हार ब्यहोर्दै ६ अंकसहित अहिले अंकतालिकाको पाँचौ स्थानमा रहेको छ ।
यस्तोमा अहिले हुने खेलमा राजस्थानलाई जित्नै पर्ने दबाबमा रहेको छ । प्रतियोगिताको प्ले अफ सम्भावना जिवितै राख्ने हो भने राजस्थानलाई अबका खेलहरु उत्तिकै महत्वपूर्ण रहेको छन् ।

तसर्थ राजस्थान सोही रणनीतिका साथ मैदानमा उत्रिएको छ । यता अघिल्लो खेलमा पन्जावलाई ६९ रनले पराजित गरेको हैदराबाद पनि आफ्नो लयलाई यथावत राख्ने सोचमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्