onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एनसीएसएस चितवनको संयोजकमा पुन: दिनेश नाइसा चयन

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली क्रिकेट समर्थकहरुको अग्रणी संस्था नेपाल क्रिकेट समर्थक समाज (एनसीएसएस) चितवनको संयोजकमा दिनेश नाइसा पुन: संयोजकमा चयन भएका छन् ।

शनिबार चितवनमा भएको तेस्रो साधारणसभामार्फत उनि संयोजकमा चुनिएका हुन् ।

यस्तै उक्त साधारणसभामार्फत चयन भएको नयाँ कार्यसमिति अन्तर्गत उप – संयोजकमा विकास पाण्डे र सचिवमा विशाल पौडेल चयन भएका छन् ।

यस्तै कार्यसमितिको सह -सचिवमा मनिष लामिछाने , कोषाध्यक्षमा नवीन ओलिया चुनिएका छन् । भने सदस्यहरुमा उत्तम शर्मा , उमिशा ढकाल , सुरक्षा भण्डारी र अमिट गिरी रहेका छन् ।

सन् २०१६ मा छरिएर रहेका नेपाली क्रिकेट समर्थकहरुलाई समेट्दै क्रिकेट खेलको विकास तथा विस्तारमा रचनात्मक कार्य गर्ने उदेश्यका साथ स्थापना भएको यस संस्था अन्तर्गत चितवन सक्रिय जिल्ला भित्र पर्छ ।

प्रतिक्रिया दिनुहोस्