onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

गण्डकी प्रदेश क्रिकेट संघले आफ्ना क्रिकेटरको बीमा गरि दिने

काठमाडौं (अनलाइन खेल खबर ) । गण्डकी प्रादेशिक क्रिकेट टोलीको कोरोना भाइरस (कोभिड-१९ ) को बीमा हुने भएको छ ।

शुक्रबार पोखरामा गण्डकी प्रदेश क्रिकेट संघको कार्य सम्पादन समितिको बैठकले पछिल्लो पटक राष्ट्रिय प्रतियोगिता खेलेको पुरुष टोलीको कोरोमा बीमा गरिदिने निर्णय गरेको छ ।

प्रदेश संघका सचिव सुमनराज कार्कीका अनुसार गण्डकीका कुल १८ जना खेलाडीलाई बीमा गरिदिने संघले निर्णय गरेको छ । गण्डकीले पछिल्लो पटक सुनसरीको इनरुवामा भएको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेलेको थियो ।

यस्तै उक्त बैठकमार्फत आसन्न नेपाल क्रिकेट संघ (क्यान ) को साधारण सभामा गण्डकी प्रादेशिक संघबाट अध्यक्ष देवेन्द्र प्रजु र सचिव सुमनराज कार्कीलाई पठाउने निर्णय गरेको छ ।

यसका साथै गण्डकी प्रदेश सरकारले पोखरास्थित पशुपती घाटमा बनाउन लागेको क्रिकेट रंगशालाको विस्तृत परियोजना विवरण ‘डिपिआर’ लाई पनि संघले स्वागत गर्दै रंगशालाको निर्माण नहुन्जेलसम्म संघको तर्फबाट सक्दो सहयोग गर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्