onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

टिमसँगै कगिसो रबाडापनि शीर्ष स्थानमा

एजेन्सी । दिल्ली क्यापिटल्सका तीब्र गतिका बलर कगिसो रबाडा युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल ) मा सर्वाधिक धेरै विकेट लिने खेलाडीको सूचीमा अग्रपंक्तिमा रहेका छन् ।

दिल्लीको प्रदर्शनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका दक्षिण अफ्रिकन खेलाडी रबाडाले अहिलेसम्म टिमले खेलेको ६ वटै खेल खेल्दै १५ विकेट लिईसकेका छन् ।

जसमा उनले २३.४ ओभर बलिङ गर्दै ७.८१ इकोमिनीमा रहदै १ सय ८५ रन खर्चिएका छन् ।

जसरी दिल्लीले प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै हालसम्म ६ खेलमा ५ मा जित र १ मा हार ब्यहोर्दै १० अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।
त्यसरीनै रबाडा अगाडी बढिरहेका छन् ।

त्यसको आधारमा रबाडा यस सिजनको प्रर्पल क्यापको प्रमुख दाबेदारको रुपमा देखिएका छन् । त्यसको झलक लिग चरणको आधा खेल सकिदासम्ममा रबाडाले प्रस्तुत गरिसकेका छन् ।

यस्तै यस सूचीमा साविकको च्याम्पियन समेत रहेको मुम्बई इन्डियन्सका जसप्रित बुमराह ११ विकेटसहित दोस्रो स्थानमा रहेका छन् ।

१० विकेटसहित तेस्रो स्थानमा मुम्बईकै ट्रेन्ट बोल्ट , चौथोंमा मुम्बईकै जेम्स पॅटिन्सन रहेका छन् । उनले हालसम्म ९ विकेट लिएका छन् ।

यस्तै पाँचौमा ९ विकेटका साथमा किंग्स इलाभेन पन्जावका मोहम्मद शामी रहेका छन् । भने छ्ठौं, सातौं , आठौं र नवौंमा समान ८ विकेटसहित क्रमशः राशिद खान,जोफ्रा आर्चर,एनरिच नॉर्टजे र युजवेंद्र चहल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्