onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विश्वकप छनोट : मेस्सीको गोलमार्फत इक्वेडरमाथि अर्जेन्टिनाको जित

एजेन्सी । सन् २०२२ मा एसियायी मुलुक कतारमा हुन् गईरहेको फिफा विश्वकपको छ्नोट अन्तर्गत अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ ।

छ्नोटमा विजयी सुरुवात गर्ने क्रममा अर्जेन्टिनाले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले जित हासिल गर्ने क्रममा पेनाल्टीको साहारा लिन परेको थियो ।

अर्जेन्टिनाका लुकासलाई इक्वेडरका पेर्भिस इस्टुनपियनले पेनाल्टी क्षेत्र भित्र लडाएपछि अर्जेन्टिनाले सुनौलो अवसर प्राप्त गरेको थियो ।
जसमा अर्जेन्टियन टोलीका कप्तान समेत रहेका स्टार खेलाडी लियोनल मेस्सी चुकेनन र सुरुवाती अवस्थाको १३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

यसपछि पनि दुबै टोलीले गोलका लागि केही राम्रा अवसरहरु सिर्जना गरेको भएपनि गोलमा परिणत गर्न सकेनन् र खेल अर्जेन्टिनाले आफ्नो पक्षमा पार्न सफल भयो ।

यता छ्नोट अन्तर्गतनै पाराग्वे र पेरुबीचको खेल २/२ को बराबरीमा सकिएको छ । भने उरुग्वेले चिलीलाई २-१ ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्