onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

जोनी बेयरस्टो आईपीएलमा दोस्रो शतक बनाउनबाट चुके

एजेन्सी । सनराइजर्स हैदराबादका ओपनर ब्याट्सम्यान जोनी बेयरस्टोले इन्डियन प्रिमियर लिग (आईपीएल ) मा दोस्रो शतक पूरा गर्नबाट मात्र ३ रनले चुकेका छन् ।

आईपीएलमा इतिहासमा दोस्रो शतक नजिक पुगेका जोनी बेयरस्टो शतक बनाउनबाट मात्र ३ रनले चुके ।

किंग्स इलाभेन पन्जावविरुद्धको खेलमा सानदार ब्याटिङ गरेका उनले ५५ बलको सामना गर्दै ७ चौका ६ छ्क्कासहित ९७ रन बनाए ।

ब्यक्तिगत रुपमा शतक जोड्न नसकेपनि टिमका लागि भने उनले सानदार योगदान गरे । निकै राम्रो लयमा रहेका उनि रबी विश्नोईको बलमा एलबिड्ब्लुको सिकार हुन् पुगेका थिए ।

जारी सिजनमा उनको यो अहिलेसम्मकै सर्वाधिक ठूलो पारी हो । उनले अघिल्लो संस्करणमा रोयल च्यालेन्जर्स बेंगलोरविरुद्धको खेलमा १ सय १४ रन बनाएका थिए ।

अघिल्लो वर्षदेखि हैदराबादबाट खेल्न लागेका इंग्ल्यान्डका चर्चित विकेट किपर ब्याट्सम्यान जोनी बेयरस्टोले आईपीएलमा मात्र १६ खेल खेलेका छन् ।

जारी प्रतियोगिता टिमले खेलेको सबै खेलमा खेलेका जोनी बेयरस्टोले अहिलेसम्म २ सय ४१ रन बनाईसकेका छन् । र उनी आईपीएलको यस सिजनमा सर्वाधिक धेरै रन बनाउने खेलाडीको सूचीमा चौथों स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्