onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मुम्बई फेरी शीर्ष स्थानमा (अंकतालिकासहित )

एजेन्सी । मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेसँगै मुम्बई इन्डियन्स युएईमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल ) को शीर्ष स्थानमा उक्लिएको छ ।

साविकको विजेता समेत रहेको मुम्बई शीर्ष स्थानमा रहने क्रममा हालसम्म ६ खेलबाट ४ खेलमा जित र २ खेलमा हार ब्यहोर्दै ८ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा रहेको हो ।

मुम्बई अहिलेसम्म आईपुग्दा पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित हुन पुगेको थियो भने दोस्रो खेलमा मुम्बईले कोलकता नाइट राईडर्सलाई ४९ रनले पराजित गरेको थियो ।

यस्तै तेस्रो खेलमा भने मुम्बई रोयल च्यालेन्जर्स बेंगलोरसँग सुपर ओभरमा पराजित हुँदा त्यसपछि मुम्बई क्रमशः पन्जावलाई ४८ रनले ,
हैदराबादलाई ३४ रनले र राजस्थानलाई ५७ रनले पराजित गरेको थियो ।

मुम्बई शीर्ष स्थानमा रहदा दिल्ली दोस्रो स्थानमा रहेको छ । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेआवद्ध समेत रहेको दिल्लीले हालसम्म ५ खेल खेल्दै ४ खेलमा जित र १ खेलमा हार ब्यहोरेको छ र अंकतालिकामा ८ अंक जोडेको छ ।

शीर्ष स्थानमा रहेको मुम्बईसँगै ८ अंक भएपनि नेट रनरेटमा पछि पर्दै दिल्ली दोस्रो स्थानमा रहेको हो ।

यस्तै अंकतालिकामा ६ अंकसहित रोयल च्यालेन्जर्स बेंगलोर तेस्रो स्थानमा रहेको छ । ५ खेल खेलेको बेंगलोरले ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेको थियो । यस्तै अंकतालिकाको चौथों ,पाँचौ, छ्ठौं र सातौं स्थानमा क्रमशः कोलकता , चेन्नई ,हैदराबाद र राजस्थान रहेका छन् भने २ अंक जोडेको पन्जाव अंकतालिकाको पुछारमा रहेको छ ।
अंकतालिका

प्रतिक्रिया दिनुहोस्