onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एकदिवसीय मान्यता प्राप्त नेपाल , ईङल्यान्ड को स्थानिय टोलि सगँ पराजित : अभ्यास फितलो

साउन ८ , अनलाईन खेलखबर || यहि जुलाई २९ तारिख मा ईङ्ल्यान्ड स्थित लर्डसमा हुने नेपाल, नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब(एमसीसी)बिच को त्रिकोणात्मक टि – ट्वान्टि सिरिज तथा अगस्ट १ र ३ तारीख मा हुने नेदरल्याण्डसविरुद्धको एेतिहासिक एक दिवसीय श्रृखंलाको तयारीका जुटिरहेको नेपाली क्रीकेट टोलि ले अहिले ईङल्यान्ड मा रहेर सिरिज को पुर्बसन्धा मा स्थानिय क्लब सगँ अभ्यास खेल खेलिरहेको छ ।

यूरोप भम्रणको दोस्रो अभ्यास खेलमा लन्डनको सेन्ट क्रस साइमोन्डियन्स क्रिकेट क्लबले दिएको १ सय ६९ रनको लक्ष्य पनि नेपाल ले पूरा गर्न सकेन र १९ रनले पराजित हुन पुगेको छ । नेपाल ले निर्धारित २० ओवर मा ८ बिकेट गुमाएर मात्र १४९ रन बनायो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु सेन्ट क्रस क्लब ले निर्धारित २० अोभरमा ६ विकेट गुमाएर १ सय ६८ रन को योगफल खडा गरेको थियो । जसमा सेन्टक्रस का लागि जिम्मी एडम्स ले ७२ रन बनाएका थिए उनले ४८ बलको सामना गर्दै ९ चौका २ छक्का को मद्दत मा सर्बाधिक पारी खेले यस्तै फिलिक्स अोर्गन ३९ रन बनाए साथै टोम स्क्रिभिन २३ रनको पारी महत्त्वपूर्ण रहयो ।

बलिग तर्फ नेपाल का लागि बसन्त रेग्मी तथा सोमपाल कामी ले समान २/२ बिकेट लिदाँ सन्दिप लामिछाने ले १ बिकेट हात पारे ।

यस अघि सनिवार भएको पहिलो अभ्यास खेल मा कप्तान पारस खड्काको शानदार शतक तथा बलरको उत्कृष्ट प्रदर्शनमा नेपालले ईङ्ल्यान्ड को स्थानिय ह्याम्पसायर हग्स क्रिकेट क्लबलाई २४३ रनले पराजित गरेको थियो ।

कप्तान पारसको १६१ रनको मद्दतमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३६२ रन बनाएको थियो। जवाफमा ३६३ रनको लक्ष्य पछ्याएको घरेलु क्लब ३७.१ ओभरमा ११९ रनमै अलआउट हुन पुगेको थियो ।

अब नेपाल ले अझै २ ओटा अभ्यास खेल खेल्न बाकी छ यसपछि लर्डस मा टि -ट्वान्टी सिरिज र लगत्तै नेदरल्यान्ड पुगि एतिहासिक एकदिवसीय सिरिज खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्