onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एस्टन भिल्लासँग लिभर पुलको लज्जास्पद हार

एजेन्सी । साविकको लिग विजेता लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको आफ्नो चौथों खेलमा लज्जास्पद हार व्यहोरेको छ ।गएराति भएको खेलमा लिभरपुल एस्टन भिल्लासँग ७-२ ले पराजित हुन् पुगेको छ ।

गोलको वर्षानै भएको खेलमा भिल्लाका ऑली वॉटकिंस ह्याट्रिकसमेत गरेका थिए त्यस्तै जोन माक्गिन , रोज बार्क्ले र ज्याक ग्रीलिशले पनि समान एक -एक गोल गरेका थिए। भने लिभरपुलको तर्फबाट दुवै गोल मोहम्मद सलाहले गरेका थिए ।

खेलमा गोलको सुरुवात भिल्लाले चौथों मिनेटबाट गरेको थियो टिमका लागि पहिलो गोल वॉटकिंसले गरेका थिए। त्यसपछि उनलेनै २२ औं मिनेटमा दोस्रो गोल गरे । त्यसपछि लिभरपुलका सलाहले खेलको ३३ औं मिनेटमा एक गोल फर्काए ।

भिल्लाका लागि तेस्रो गोल भने माक्गिनले ३५ औं मिनेटमा गरे ।त्यसको ४ मिनेटपछि फेरी भिल्लाले अर्को गोल थप्न सफल भयो जून गोल वॉटकिंसले गरेका थिए । यस गोलसँगै उनले आफ्नो ह्याट्रिकसमेत पूरा गरे ।

यसरी पहिलो हाफ भित्र ४-१ ले अगाडी रहेको एस्टन भिल्ला दोस्रो हाफमा पनि उत्तिकै ससक्त देखियो । जस अन्तर्गत ५५ औं मिनेटमा रोज बार्क्लेको गोलमार्फत टिमले ५-१ को अग्रता बनायो ।त्यसबीचमा लिभरपुलका लागि सलाहले ६० औं मिनेटमा दोस्रो गोल गरे ।

त्यसपछि एस्टनका ज्याक ग्रीलिशले ६६ र ७५ औं मिनेटमा लगातार दुई गोल गरेपछि एस्टनले लिभरपुलमाथि सानदार जित हासिल गर्न सफल भयो ‘।

यो जितसँगै ३ खेल खेलेको एस्टन भिल्ला ९ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ। भने एस्टनसँग पराजित हुन् पुगेको लिभरपुल ४ खेलबाट ९ अंकसहित अंकतालिकाको पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्